१ दिन अघि
२0८२ बैशाख १३ शनिबारखोटाङ, वैशाख १३
नेकपा (माओबादी केन्द्र)निकट युवाहरुको सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीमा लेखबहादुर रम्तेल चयन भएका छन् । शुक्रबार दिक्तेल बजारमा सम्पन्न वाईसिएलको दोश्रो नगर सम्मेलनले रम्तेलको अध्यक्षमा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा र सावित्रा बास्तोला चयन भएका छन् भने सचिव सुरेन्द्र राई, ३ सहसचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की छानिएका छन् । जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न सम्मेलनको उद्घाटन वाईसिएल केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोगका संयोजक टङ्क राईले गरेका थिए ।
सम्मेलन उद्घाटन गर्नुअघि निस्केको ¥यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो । ¥यालीमा पार्टीका नेताहरु, जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि, वाईसिएल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा कार्यरत वाईसिएल प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु समिति कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, जिल्ला समन्वय कमिटी सचिव सँगिन किरातीलगायतको उपस्थिति थियो ।