आज दिनभर विजुली जाने

२ दिन अघि

२0८२ बैशाख १३ शनिबार
आज दिनभर विजुली जाने

उदयपुर, वैशाख १३

सदरमुकाम गाईघाट र आसपास आज शनिबार विहानदेखि विद्युत गएको छ । नेपाल विद्युत प्राधिकरणले झाडी सफाई तथा रुख बुट्यान छाँटकाट गर्ने भन्दै बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजेसम्मका लागि बिजुली कटौती गरेकाले दिनभर अेध्याँरोमा बस्नु पर्ने भएको हो । 

 

सामान्य हावाहुरी र वर्षाले पनि बिजुली अवरुद्ध हुने समस्या समाधान गर्न पोल र टावर वरपरका रुखका हाँगा काट्नुपर्ने भएकाले बिजुली बन्द गरिएको प्राधिकरण वितरण केन्द्र गाईघाटले शुक्रबार जारी सूचनामा उल्लेख छ । सूचना अनुसार ११ हजार केभीए प्रसारण लाइनअन्तर्गत गाईघाट, जोगीदह र चुहाडे फिडरमा बिजुली कटौती हुने जानकारी दिएको छ।  

 

जसले षर्त्दा त्रियुगा नगरपालिका-११ गाईघाट, १२ पुरानो गाईघाट, १० बोक्से, ७ चुहाडे, ६ जलजले, ५ दमौटी र देउरी, ४ बगाहा, ३ मोतिगडा तथा चौदण्डीगढी नगरपालिका-९ र १० को हडिया क्षेत्रमा बिजुली कटौती हुनेछ। 

 

प्राधिकरण केन्द्र प्रमुख माधव यादवले हावाहुरी र वर्षामा रुखका हाँगाले तार छोएर बिजुली अवरुद्ध हुने भएकाले हाँगा काट्नु  परेमाले ८ घण्टा विद्युत अफलाईन बस्नु परेको बताए ।