ट्याक्टरको ठक्करले पैदलयात्रीको निधन

३ दिन अघि

२0८२ बैशाख ११ बिहीबार
ट्याक्टरको  ठक्करले पैदलयात्रीको निधन

खोटाङ, वैशाख ११

ट्याकटरको ठक्करले अघिल्लो दिन खोटाङमा एक यात्रुको निधन भएको छ । बुधबार राति ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका जिल्लाको ऐंसेलुखर्क गाउपालिका १ राखावाङ्देलका ४५ वर्षीय यादवराज राईको निधन भएको हो । 

 

स्थानीय कालिका माध्यमिक विद्यालय नजिकैको घुम्ती सडकमा प्रदेश २–०१–००१ त १५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा राई गम्भीर घाईते भएका थिए । सडकको डिलमा उभिएर पिसाब फेरिरहेका राईको घटनास्थलमै निधन भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

 

ट्याक्टर राखावाङ्देलस्थ्ति वडा कार्यालयबाट फेदीतर्फ जाँदै गरेको थियो । तीब्र गतिमा रहेको हुनाले नियन्त्रणबाहिर गएर सडकछेउमा रहेका राईलाई ठक्कर दिन पुग्दा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका निरीक्षक सुशान्त मिश्रले बताए ।

 

जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकीबाट गएको संयुक्त टोलीले घ्‌टनास्थलको सर्जमिन मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि गाउँ अस्पताल ऐँसेलुखर्क पठाएको छ । ट्याक्टर चालक सुजन खड्का र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको निरीक्षक मिश्रले बताएका छन् ।