४ दिन अघि
२0८२ बैशाख १0 बुधबारउदयपुर, वैशाख १०
उदयपुर प्रहरीले एक युवालाई बुधबार प्रतिबन्धित लागू पदार्थ ब्राउनससगरसहित पक्राउ गरेको छ । जिल्लाको बेलका नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेको टोलीले बेलका ९ रामपुरबाट सोही नगरपालिका ९ का जनम गहतराजलाई पक्राउ गरेको हो ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत रामपुर-बेलटार खण्डमा पश्चिमबाट राापुर बजारतर्फ आउदै गरेको को २४ प ३९८३ नं. को मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा रामपुरकै स्थायी बासिन्दा २४ वर्षीय गहतराज पक्राउ परेका हुन् ।
प्रहरीले मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्लाष्टिकमा पोका पारेको २०० मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउनसुगर फेला पारी बरामद गरेको हो । प्नतिबन्धित सामग्सरीसहित उनी सवार मोटरसाईकललाई प्नहरीले नियन्त्रणमा लिएको छ ।
गहतराज र मोटरसाईकल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङलै बताएका छन् ।