६ दिन अघि
२0८२ बैशाख ८ सोमबारखोटाङ, चैत ८
खोटाङका एक कार्यालय सहयोगी सोमबार मृत भेटिएका छन् । जिल्लाको रावाबेँसी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय महेश रेग्मी मृत फेला परेका हुन् ।
रावाबेँसी १ कुभिण्डेका स्थायी बासिन्दा रेग्मी घरनजिकै बारीको भित्तामा मृत अवस्थामा भेटिएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताए । गाउँ जाने गोरेटो बाटोदेखि ८/९ मिट र तल भित्तामा रेग्मी टाउको जोतिएको र खुट्टा माथितिर फर्केको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताएका छन् ।
परिवारलाई उद्धृत गर्दै वडाध्यक्ष राईले बताए अनुसार गएराति उनी दाजुको घरबाट करिब साढे ८ः०० बजे घर जान्छु भनेर हिँडेको जानकारी आएको छ । बाटोमुनि मुन्टो जोतिएको अवस्थामा मृत भेटिएका उनको घर आउने क्रममा लडेर ज्यान गएको हुनसक्ने अनुमान स्थानीयले गरेका छ्न ।
घट्नाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले सर्जमिन मुचुल्का उठाएर उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको छ । प्रहरीले शव अस्पतालमा बुझाएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
तत्कालीन कृषि विकास कार्यालय खोटाङमा कार्यरत रेग्मी स्थनीयतह पुनर्संरचनासँगै कर्मचारी समायोजनमा परेर रावाबेँसी गाउँपालिका सरुवा भएर कार्यरत थिए । आफन्तका अनुसार श्रीमती, ४ छोरी र १ छोराका पिता १६ महिनापछि अनिवार्य अवकाशमा जान लागेका थिए ।
रेग्मी अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पनि बताइएको छ । मादक पदार्थकै कारण रेग्मीको लडेर ज्यान गएको हुनसक्ने अनुमान पनि स्थानीयबासीले गरेका छन् । आईतबार सामान्य रहेका रेग्मी परिवारसँग खाना खाएर कार्यालय गएका थिए । तर, कार्यालयबाट दाजुको घर पुगेका उनी घर नपुगी मृत अवस्थामा पेला परेको प्रहरीले जनाएको छ ।