६ दिन अघि
२0८२ बैशाख ८ सोमबारकटारी, वैशाख ८
कटारी नगरपालिका २ स्थित गराँस जङ्गलमा भालुको आक्रमणबाट स्थानीय पञ्चमाया तामाङ घाईते भएकी छिन् । सोमबार विहान स्थानीइ नारायणी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा ४६ वर्षीया तामाङ घाईते भएको डिभिजन वन कार्यायल कटारीले जनाएको छ ।
तामाङलाई एक्कासी भालुले आक्रमण गरेर घाईते बनाएको डिभिजन वन कार्यालयका योजना अधिकृत हिरालाल शर्माले बताए । उनका अनुसार आक्रमण गर्दा कहालिदै प्रतिकार गरेपछि भालु भागेको थयो । तामाङको तिघ्रा, हात र खुट्टालगायत विभिन्न भागमा चोटपटक लागेको शर्माले बताएका छन् ।
घट्ना विहान ८ः४० बजेतिर घटेको हो । दुईजना सँगै घाँस काट्न गएका उनीहरु एक्लाएक्लै घाँस काटिरहेका बेला भालुले आक्रमण गरेको इलाका प्रहरी कार्याय कटारीका डिएसपी कमल बजगाँईले बताए । तामाङको दाँया तिघ्रामा गहिरो चोट लागेको छ ।
घाईते तामाङको प्रहरी चौकी गराँससमेतको सहयोगमा उद्धार गरी कटारी नगर अस्पताल ल्याएर उपचार भईरहेको छ । घाईतेको अवस्था सुधारोन्मुख रहेको र डिस्चार्जको तयारी भईरहेको छ ।
भालुको आक्रमणपछि स्थानीय त्रसित भएका छन् । यसअघि पनि सो जङ्गलक्षेत्रमा भालु देखिने गरेको तर, मानवमाथि आक्रमण चाहिँ पहिलो पटक भएको प्रहरीले जनाएको छ । जङ्गली जनावरबाट बँच्न र बँचाउन स्थानीयलाई सतर्क गराउदै राति, एकाविहानै र एक्लाएक्लै जङ्गल नजान प्रहरीले जनप्रतिनिधिसँग मिलेर सचेत गराउने अभियान थाल्ने तयारी गरेको डिएसपी बजगाईले बताएका छन् ।