घाँस काट्ने क्रममा रुखबाट लडेर पुरुषको निधन

४ घण्टा अघि

२0८२ बैशाख ६ शनिबार
घाँस काट्ने क्रममा रुखबाट लडेर पुरुषको निधन

उदयपुृर, वैशाख ६

यहाँका एक पुरुषको घाँस काट्ने क्रममा लडेर निधन भएको छ । शनिबार दिउँसो रुख चढेर घाँस काट्ने क्रममा लडेर त्रियुगा नगरपालिका १४ साउने पुङमाङका ४८ वर्षीय रामकुमार थापा मगरको ज्यान गएको हो । 


मगर घरनजिकै चिउरीको रूखमा घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाईते भएका थिए । उद्धार र उपचार गर्न ढिला हुँदा मगरको घट्नास्थलमै निधन भएको वडाध्यक्ष हिमराज मगरले बताए । लडेको खवर स्थानीयले दिएपछि प्रहरी चौकी साउनेबाट टोली खटेको भए पनि प्रहरी घट्नास्थल पुग्दा उनको निधन भईसकेको थियो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली र प्रहरी चौकी साउनेको संयुक्त टोलीले घट्नास्थलको अर्जमिन मुचुल्का गरी मगरको लाश पोष्टमाटमका लागि साँझ जिल्ला अस्पताल उदयपुर ल्याइएको छ । घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।