भीरबाट लडेर बृद्धको निधन

१ दिन अघि

२0८२ बैशाख ५ शुक्रबार
भीरबाट लडेर बृद्धको निधन

खोटाङ, वैशाख ५

खोटाङका एक जेष्ट नागरिकको भीरबाट लडेर निधन भएको छ । अघिल्लो विहान भीरबाट लडेर गम्भीर घाईते भएका जिल्लाको हलेसी तुवाचुङ गरवपालिका ३ च्यास्मीटारका ६० वर्षीय भियुनशेर राईको उपचार गर्न नभ्याएर निधन भएको हो ।


च्यास्मीटार घरबाट नातिसँग उदयपुर जान बस लाग्ने सडकतर्फ गईरहेका बेला स्थानीय ठूलोखोलास्थित घुम्ती बाटोको भीरबाट लडेर राई गम्भीर घाईते भएका थिए । आफन्तका अनुसार विहान ११ः०० बजेजस्तो समयमा लडेका राई भीरमुनि ढुङ्गामा बज्रिएर गम्भीर घाईते भएका थिए । उनी खसेको ठाउँसम्म पुग्ने बाटो घुमेर  जानुपर्दा उद्धार गर्न ढिला भएर ज्यान गएको आफन्तले जनाएका छन् । 


घरदेखि गाडी चढ्ने सडक स्टेशनसम्म पुग्ने बाटो साँघुरो र घुम्ती रहेकाले भीरबाट करिब ७० मिटर तल खसेका राईको उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन् । टाउको ढुङ्गामा बज्रिएर गम्भीर घाईते भएका उनी खसेको ठाउँसम्म पुग्न घुमेर जानुपर्दा समय लागेर उद्धारमा ढिला हुँदा घटनास्थलमै ज्यान गएको हो । 


मृतकको शव पोष्टमार्टमका लागि बिहीबार राति मात्र जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । शुक्रबार पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा दिने प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।