एमालेनिकट शिक्षक सङ्गठनमा कार्की 

१ दिन अघि

२0८२ बैशाख ४ बिहीबार
एमालेनिकट शिक्षक सङ्गठनमा कार्की 

उदयपुर, वैशाख ४

नेकपा (एमाले) निकट शिक्षकहरुको पेशागत सँस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उदयपुरको अध्यक्षमा सूर्यबहादुर कार्की चयन भएका छन् । बुधबार र बिहीबार गाईघाटमा सम्पन्न अधिवेशनले कार्की नेतृत्वमा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो । 


नवगठित समितिको उपाध्यक्षमा श्याम खत्री र सहसचिवमा सुजाताकुमारी थापा चयन भएका छन् । सचिव र कोषाध्यक्ष पद भने हाललाई खाली राखिएको छ । पछि कार्यसमितिको बैठकले चयन गर्ने गरी ती दुई पद रिक्त राखिएको नवनिर्वाचित उपाध्यक्ष्ँ खत्रीले बताए । शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा व्यस्त रहेका बेला अधिवेशन गर्नु परेकाले सचिव र कोषाध्यक्ष पद रिक्त राखिएको उपाध्यक्ष खत्रीको भनाई छ । 

 

सदस्यमा भेजराज ठकु्री, टेकबहादुर आलेमगर, चोककुमारी कार्की, प्रेमकुमारी ज्यु, गोमाकुमारी खड्का, जानुका राउत, राजु रानामगर, इशवरप्रसाद दाहाल, गिरीलाल परियार, बेदविक्रम कार्की छानिएका छन् । त्यसैगरी राजन राउत, गोविन्द खड्का, बिमानसिंह खड्का, गोपी मिजार, भिमबहादुर विश्वकर्मा पनि सदस्य छानिएका छन् । 


अधिवेशनले ७ जनालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । जसमा राजाराम राई, यादव बस्नेत, गुरुप्रसाद दाहाल, शोभा शाही, बिमानसिंह खड्का, गोपी मिजार र भीमबहादुर विश्वकर्मा रहेका छन् । 


अध्यक्ष चयन भएका कार्की कटारी मावि हुँदै हाल स्रोत व्यक्तिमा कार्यरत छन् । उपाध्यक्ष निर्वाचित खत्री उदयपुरगढी गाउँपालिकाको नेपालटारस्थित मावि बोहरीबोटका प्रधानाध्यापक हुन् । सहसचिव चयन भएकी थापा त्रियुगा नगरपालिका १३ लक्ष्मीपुरकी शिक्षिका हुन् । 
 

क्याप्सनः उपाध्यक्ष श्याम खत्री