२ दिन अघि
२0८२ बैशाख ३ बुधबारउदयपुर, वैशाख ३
बुधबार बोलेरो जीपको ठक्करबाट यहाँका एक शिक्षक मरनासन्न घाईते भएका छन् । मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–राजाबास खण्डको गहिरुनमा भएको दुर्घटनामा परी मोटरसाईकल चालक बालमन्दिर मावि बोक्सेका शिक्षक प्रल्हाद खतिवडा गम्भीर घाईते भएका हुन् ।
प्रदेश १–०४–००१ च ०४९२ नं. को मोटरसाईकलमा चढी त्रियुगा नगरपालिका ९ रातमाटे घरतर्फ आउँदै गरेका ५४ वर्षीय खतिवडालाई स ७ प ३०७ नं. को जीपले ठक्कर दिएको हो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन त्रियुगा नगर कमिटीका अध्यक्षसमेत रहेका खतिवडालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा उपचारार्थ भर्ना गरिएकोमा त्यहाँ संभव नभएपछि दिउँसोँ विराटनगर रिफर गरिएको छ ।
बालमन्दिर माविका सहायक प्रधानाध्यापक खतिवडाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको आफन्तलाई उद्धृत गर्दै जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पूर्बबाट पश्चिम दिसातर्फ गईरहेको बोलेराले खतिवडा सवार मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बोलेरो र चालक मोरङको मिक्लाजुङ गाउँपालिका ६ का २९ वर्षीय भुवन विकलाई नियन्त्रणमा लिएको छ । घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले जनाएका छन् ।