१ दिन अघि
२0८२ बैशाख १ सोमबारउदयपुर, वैशाख १
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आठौँ महाधिवेशनले उदयपुरलाई गहकिलो स्थान दिएको छ । लुबिनीमा भर्खरै सम्पन्न महाधिवेशनबाट २ उपाध्यक्ष, प्रदेश इनचार्जदेखि लेखा समिति संयोजकसम्मको हैसियत उदयपुरलाई प्राप्त भएको हो ।
सर्वसम्मत नेतृत्व चयन भएको महाधिवेशनमा युवा पत्रकार विश्वराज तामाङ खुल्लातर्फ उपाध्यक्ष र यमन दनुवार समावेशी उपाध्यक्ष चयन भएका छन् । त्यस्तै श्रमजिवी पत्रकार राजेन्द्र दुष्ट १ नं प्रदेश इन्चार्ज चयन भए भने अर्का युवा पत्रकार गजेन्द्र राई लेखा समिति संयोजक छानिएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विन्द्र राई र इश्वर बलम्पाकी मगर भने समन्वयको अभावमा समितिमा अँट्न सकेनन् ।
लक्की चौधरीको अध्यक्षतामा गठित केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष सरु राना, सँस्थागत उपाध्यक्ष अर्जुज जम्लेनी राई, महिला उपाध्यक्ष अन्जना शिल्पकार छानिएका छन् । त्यस्तै महासचिव समीर बलामी, खुला सचिव सन्दिप श्रेष्ठ, एमबी आस्था मगर र मिलन गाहा मगर छानिए भने महिला सचिव माला पालुङ्गा र अल्पसङ्ख्यक सचिवमा मिलाकुमारी दराई चयन हुँदा कोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् ।
महाधिवेशनले लुम्बिनी प्रदेश ईन्चार्ज राजेन्द्र गुरुङलाई छानेको छ भने खुला तथा सँस्थागत केन्द्रीय सदस्यमा सुप्रिया राईलगायत चयन भएको निवर्तमान महासचिव कृष्णजित राईले बताएका छन् ।