१ दिन अघि
२0८१ चैत्र २८ शुक्रबारखोटाङ, चैत २९
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ६ छितापोखरीमा चट्याङ लागेर २ महिला घाईते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङको झट्का लागेर छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।
तलमाथि घर नजिकै रहेको कृष्णमायाँ र देविका एकै चोटी चट्याङ लागेर घाईते भएका हुन् । चट्याङको झट्काले कृष्णमायाँ बेहोस भएकी थिईन् भने देविका आफै आत्तिएर भाग्न खोज्दा ढोकामा टाउको ठोक्किएर घाईते भएकी हुन् ।
भान्सा कोठामा रातिको खाना पकाईरहेका बेला चट्याङ परेर कृष्णमाया घाईते भएकी हुन् भने देविका आफै्र ठोक्किएर घाईते भएको गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतले बताए । उनका अनुसार घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएर ठूलो आवाज निस्केदा घरभित्र कृष्णमाया बेहोस भएकी थिईन् ।
ठूलो आवाजले आत्तिएकी देविका खम्बामा टाउको ठोक्किएर गहिरो चोट लागी घाईते भएकी छिन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफ्नै गाडीमा राखेर उद्धार गरी दुवैजनालाई स्थानीय डाँडागाउँ आधारभूत अस्पताल ओख्रेमा लगेर उपचार गराईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।