२ दिन अघि
२0८१ चैत्र २७ बिहीबारउदयपुर, चैत २८
सदरमुकाम त्रियुगा नगरपालिकाले पछिल्लो समय आफुलाई सुधार गर्दै लगेको पाइएको छ । बिहीबार आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रमका सहभागीहरुले नगरपालिकाले सुधार गर्दै लगेको प्रतिक्रिया दिएका हुन् ।
कार्यक्रममा नगरका विभिन्न विषयगत शाखाहरुमा आर्थिकवर्ष ०८१÷८२ को दोस्रो चौमाशिक अवधिमा प्रवाह गरेको सार्वजनिक सेवाका गतिविधि र प्रगति विवरण प्रस्तुत गरिएको थियो । नगरपालिकाले सुशासनका हिमायतीको सहजीकरणमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा सेवाग्राही, नागरिक समाज, राजनीतिक दल, उपभोक्ता र सरोकारवालाहरुले टिप्पणी गर्ने क्रममा सुधारको महसुस हुन थालेको प्रतिक्रिया दिए ।
उनीहरुले यसअघि असफल हुदै आएको त्रियुगा चालु आर्थिकवर्ष ‘स्थानीयतह सँस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)’मा ८४ प्रतिशत अङ्क ल्याएर उल्लेख्य प्रगति गरेको, सेवा प्रवाह छिटोछरितो हुने गरेको, नागरिकको गुनासो सम्बोधन हुन थालेको, कार्यालय अपाङ्गतामैत्री, गाईघाट बजारबाहिर वडा नं. ५ देउरीमा नगर अस्पताल खोलेर स्वास्थ्य सेवा प्रवाह भएकोजस्ता सकारात्मक कदमको प्रशंसा गरे ।
त्यसैगरी भौतिक पूर्वाधारयुक्त बनाउने क्रममा नगरका गाईघाट बजारसहित प्राय सबै वडामा सडक, ढल, विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत योजनाहरु निर्माण हँुदै गएको, नीजि विद्यालयलाई नगर शिक्षा मापदण्डभित्र पारेको, स्थानीय शिक्षा पाठ्यक्रम लागू गरेर शैक्षिक सुधार थालिएको, सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनेजस्ता राम्रा कामहरु थालिएकोमा सहभागीहरुले प्रशंसा गरेका थिए ।
सहभागीहरुले यति गर्दागर्दै पनि अझै केही पक्षहरु तत्काल सुधार गर्नैपर्ने आवश्यक्ता पनि औँलयाए । उनीहरुले नगरबासीले भेट्न आउँदा जनप्रतिनिधिलाई कार्यकक्षमा हम्नेसी नभेटिने, आवश्यक्ताभन्दा बढी नगरबाहिर हिडडुल र भ्रमण गर्ने गरेको गुनासो गरे । ठूलो भौगोलिकक्षेत्र भएकाले टाढाटाढाका वडाबासीले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमा भेट्न पाउनुपर्ने र कार्यालय समयमा पोशाक नलगाएको भन्दै त्यसप्रति सुधार गर्न सुझाए । वडामा सञ्चालित सामान्य योजनाको सम्झौता र भुक्तानी नगरपालिकाबाट मात्र हुने झन्झट हटाएर निश्चित योजनाहरु वडाबाटै सम्झौता र भुक्तानीको व्यवस्था मिलाउन पनि सुझाएका थिए ।
समीक्षा कार्यक्रममा लेखा अधिकृ विनया बस्नेतले नगरले चालु आर्थिकवर्षको कुल बजेट चालुतर्फ ५९.८४ प्रतिशत र पूँजीगततर्फ ३०.८९ प्रतिशत खर्च भईसकेको बताईन् । राजश्व शाखा प्रमुख बिष्णु खत्रीले चालु वर्षको दोस्रो चौमासिक अर्थात फागुन मसान्तसम्म नगरपालिकाले आन्तरिक स्रोतबाट ४ करोड बढी राजश्व सङ्कलन गरिसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाले बजेट बनाउँदाको प्रक्षेपण अनुसार आन्तरिक आयतर्फ प्रगति सन्तोषजनक रहेको र शतप्रतिशत लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले आन्तरिक आय बढाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै सरकारबाट प्राप्त हुने सीमित स्रोतको मुख ताक्दा नगरपालिकाले आफुलाई समृद्ध बनाउन नसक्ने भएकाले आयस्रोत बढाउन नीतिगत र व्यवहारिक रुपमै लाग्नुपर्नेमा हाकिम कोईरालाको जोड थियो । जनताको अपेक्षा पुरा गर्न बजेट चाहिने भन्दै त्यसका लागि आन्तरिक आय बढाउनु अपरिहार्य भएकाले सबैखाले नगरबासी व्यवसायीलाई करको दायरामा ल्याउने कोसिश भईरहेको कोईरालाको भनाई थियो ।
सहभागीबाट प्राप्त सकारात्मक प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै नगरप्रमुख बसन्त बस्नेतले कमजोरी औँल्याईदिएकोमा धन्यबाद दिए । उनले कार्यक्रममा उठेका गुनासा सम्बोधन गर्ने क्रममा राज्यको नीति र पद्धति अनुसार गर्दा कतिपय कुराहरु व्यवहारिक नभएको महसुस गरेको बताए । पर्याप्त स्रोत साधनको अभाव र विभिन्न समस्याका बाबजुद पनि आफुहरुले नगरपालिकालाई समृद्धिको यात्रातर्फ डो¥याउँदै गरेको बताउँदै उनले नगरबासीले उठाएका समस्याहरु संभव भएसम्म आगामी दिनमा सुधार गर्दै लाने प्रतिबद्धता जनाए ।
उपमेयर महेश्वरी राईले भौगोलिक विकटताका कारण नगरका सबै वडामा समान विकास हुन नसकेको भन्दै तर, सकेसम्म सबैको समस्यालाई मिहीन ढङ्गले सम्बोधन गर्ने प्रयास भईरहेको बताईन् । उनले नगरबासीलाई चुस्त र प्रभावकारी सेवा दिलाउँदै समृद्ध नगर बनाउने अभियान सफल पार्न जनप्रतिनिधिदेखि कर्मचारीसम्म दिनरात खटिहेको बताईन् ।
नगरप्रमुख बसन्त बस्नेतले कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गदै नगरपालिकाले जनताको चाहना र भावना बमोजिम काम गर्दै अघि बढिरहेको बताए । उनले प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको, शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरेर विद्यालयको दरवन्दी मिलान गरि शैक्षिक गुणस्तर बृद्धिको काम गरिरहेको बताए । नगर अस्पताल सञ्चालन, निःशूल्क रगत उपलब्ध, निःशूल्क आँखा जाँच तथा शल्यक्रिया, ‘मेयरस्ँंग जेष्ठ नागरिक स्वास्थ प्रबद्र्धन’ कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकालाई घरघर पुगेर स्वास्थ्य परीक्षण र निःशूल्क औषधि वितरण गर्ने गरेको मेयर बस्नेतले जानकारी दिए ।
त्यसैग्री भौतिक पूर्वाधार निर्माणतर्फ विश्व बैंकको लगानीमा गाईघाट बजारसहित ११ नं. वडा तथा आसपासका ४ वडामा अन्तराष्ट्रिस्तरको सडक निर्माण कार्य भईरहेको बताए । उनले हालसम्म नगरभित्र २५ किलोमिटर सडक कालोपत्रे गरिसकेको जानकारी दिदै आगामी दिनमा थप राम्रा कामका लागि आफुहरु निरन्तर लागी पर्दै जाने प्रतिबद्धता पनि जनाए ।