२ दिन अघि
२0८१ चैत्र २७ बिहीबारउदयपुर, चैत २८
गएराति अचानक आगलागी हुँदा यहाँका दुई परिवारको बाख्रा खोर जलेर लाखौँको क्षति भएको छ । बुधबार राति भएको आगलागीबाट त्रियुगा नगरपालिका ६ जलजलेका नरमाया श्रेष्ठ र बिना गुरुङको खोर र बाख्रा जलेर क्षति भएको प्रहरीले जनएको छ ।
मध्यराति ११:३० वजेतिर लागेको आगोले श्रेष्ठको बाख्रा खोर र खोरभित्र रहेका ३ वटा खसी मरेका छन् । त्यस्तै २ वटा बटा घाईते भएर ४ लाख बराबरको क्षति भएको छ ।
अर्की छिमेकी बिना गुरुङको आगोले ४ वटा खसीबाख्रा जलेर मर्नुका साथै खोरसमेत जल्दा २ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जलजलेबाट खटेको टोलीले स्थानीयको सहयोगमा विहान १:०० बजे वस्तो समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।