बोक्सेलाई हराउदै श्रीपुर फाईनलमा

३ दिन अघि

२0८१ चैत्र २६ बुधबार
बोक्सेलाई हराउदै श्रीपुर फाईनलमा

श्रीपुर, तैत २८

त्रिययुगा नगरपालिका ५ श्रीपुरमा जारी 'पाचौँ वडा कप फुटबल प्रतियोगिता'मा आयोजक श्रीपुर (ए) फाईनलमा पुगेको छ । बुधबार सम्पन्न अन्तिम सेमिफाईनल खेलमा ईलाभेन स्टार त्रिनपा १० बोक्सेलाई हराउदै श्रीपुर फाईनलमा पुगेको हो ।

 

 श्रीपुर A ले टाईब्रेकरमा ४-२ गोलको अन्तरले बोक्सेलाई हराएको हो । निर्धारित खेल अवधिभर दुवै टिमबाट दुई-दुई गोल बराबरी भएपछि खेलको नतिजा निकाल्न टाईब्रेकर विधि अपनाइएको आयोजक श्रीपुर फुटबल क्लबका अध्यक्ष विष्णु भुजेलले बताए ।


टाईब्रेकरमा श्रीपुरका खेलाडीहरु पविन राई, पवन मगर, शोहन वाईवा र खगेन्द्र राईको प्रहार गोलमा परिणत भयो । बोक्सेबाट सोईसन राई र सुनिल शरेष्ठको मात्र गोल भयो । 


खेलको म्याान अफ द म्याच श्रीपुरकै प्रज्वल शेर्पा घोषित भए । शनिबार हुने फाईनल खेलमा त्रिनपा १२ डिएमगेट र श्रीपुरबीच उपाधिका लागि प्रतििस्पपर्धा हुनेछ ।


५ नं वडाको प्रायोजनमा भईरहेको खेलका विजेताले ट्रफीसहित ४० हजार नगद पाउनेछ । उपविजेतालाई ३० हजार नगदसहित प्रमााढपत्र दिइइने आयोजम क्लबका सचिव चन्वद्र राईले बताएका छन् ।