बेलकाबाट ब्राउनसुगरसहित २ जना पकराउ

३ दिन अघि

२0८१ चैत्र २६ बुधबार
बेलकाबाट ब्राउनसुगरसहित २ जना पकराउ

दयपुर, वैशाख २७ 

पछिल्लो समय उच्च कोटीको लागू पदार्थ खैरो हेरोईन (ब्राउनसुगर) प्रयोग र कारोबार ह्वात्तै बढेको पाइएको छ । प्रहरीले दिनहु जस्तो संलग्नहरुलाई पक्राउ गर्नाले ब्राउनसुगरको प्रयोग, ओसारप्रसार तथा कारोबार बढेको सहजै अनुमान गर्न सकिन्छ । 

 

यसैबीच जिल्लाको पूर्वी  भेग बेलका नगरपालिकाबाट २ युवक ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार जारी गरेको प्रेस नोट अनुसार बेलमा ९ रामपुरबाट सोही नगर ४ नं वडा लालबजारतर्फ गईरहेको को ३९ प ५६४९ नम्बरको स्कुटर चेक जाँचको क्रममा चालक बेलका ३ का २६ वर्षीय मुस्कान राई र पछाडि सवार २१ वर्षीय खम्बबहादुर दाहाल पक्राउ परेका हुन् । उनीहरुको साथबाट ब्राउनसुगर १ ग्राम ३३८ मिलिग्राम बरामद भएको छ । 

 

उनीहरुलाई इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए 

 

दुईदिनअघि मात्र सदरमुकाम त्रियुगा नगरपालिका ९ बोक्से-रातमाटे खण्ड सडकबाट मध्यराति विभिन्न जिल्लाका एक युवतिसहित ४ जना पक्राउ परेका थिए । जिल्ला प्रहरीको रात्रि गस्तीले राति ११:४० बजे बा ११ च १४११ नं को कारमा सवार उनीहरुलाई होटल वल्ड दरवार नजिकैबाट पक्राउ गरेको थियो। 

 

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ का ३२ वर्षीय आसिम जोशी, सूर्यविनायक नगरपालिका ९ का २१ वर्षीय बरविन खत्री, गोर्खाको गोर्खा नगरपालिमा ७ का २५ वर्षीय सविन गान्धधारी मगर र सुनसरीको बराहक्षेत्र नगरपालिका ११ की २१ वर्षीया यलिया बलम्पाकी मगर थिए ।

 

उनीहरुलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अदालतबाट सातादिनको मयाथ थपेर अनुसन्धान भईरहेको प्रहरी परमुख एसपी हरिहरनाथ योगीले बताएका छन् ।