उदयपुर बाहिरमा ४ जना गाईघाटबाट ब्राउनसुगरसहित पक्राउ

१ हप्ता अघि

२0८१ चैत्र २५ मंगलवार
उदयपुर बाहिरमा ४ जना गाईघाटबाट ब्राउनसुगरसहित पक्राउ

उदयपुर, चैत २६

 

विभिन्न जिल्लाका ४ जनालाई उदयपुर प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोमबार मध्यराति कारमा सवार ४ मध्य १ जना २१ वर्षीया युवती पनि छिन् । 

 

त्रियुगा नगरपालिका ९ बोक्से-रातमाटे खण्ड सडकबाट राति ११:४० बजे बा ११ च १४११ नं को कारमा सवार उनीहरु होटल वल्ड दरवार नजिकैबाट पक्राउ परेका हुन् । 

 

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ का ३२ वर्षीय आसिम जोशी, सूर्यविनायक नगरपालिका ९ का २१ वर्षीय बरविन खत्री छन् । त्यस्तै गोर्खाको गोर्खा नगरपालिमा ७ का २५ वर्षीय सविन गान्धधारी मगर र सुनसरीको बराहक्षेत्र नगरपालिका ११ की २१ वर्षीया यलिया बलम्पाकी मगर छन् ।

 

जिल्ला प्रहरी कार्यालयको रात्रिकालीन गस्ती टोलीले प्रतिबन्धित लागू पदार्थ फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए । उनीहरुको साथबाट प्रहरीले ६.७३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

 

हिरासतमा राखिएका चारै जनालाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अघि बढाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।