वडा कप फुटबल: डिएमगेट फाईनलमा प्रवेश

१ हप्ता अघि

२0८१ चैत्र २५ मंगलवार
वडा कप फुटबल: डिएमगेट फाईनलमा प्रवेश

श्रीपुर ,चैत २६

उदयपुरको श्रीपुरमा जारी 'पाचौँ वडा कप फुटबल प्रतियोगिता ०८१'मा त्रियुगा नगरपालिका १२ डिएकमगेट फाईनलमा पुगेको छ । मङ्गलबार सम्पन्न पहिलो सेमिफाईनलमा वडा नं १४ साउनेलाई हराउँदै डिएममगेट फाईनलमा प्रवेश गरेको हो । 

 

डिएमगेटले ४-१ गोलको अन्तरले साउनेलाई हराएको हो । जसमा युवराज थापाले २ गोल गरेका थिए । खेल सुरु भएको तेस्रो मिनटमै रोहन बोटले पहिलो गोल गरि डिएमगेटलाई अघि बढाएका थिए । 

 

पाचौँ मिनटमा थापाले गोल थपे भने नवौँ मिनटमा सुजन मगरको प्रहारले जाली चुम्यो । १५ अौँ मिनटमा थापाबाटै चौथो गोल भयो ।

 

साउनेको तर्फबाट २४ मिनटमा एक मात्र गोल भएसँगै डिएमगेटलाई फाईनल पुग्न सहज भएको हो । खेलको म्यान अफ द म्याच डिएमगेटकै थापा घोषित भए ।

 

बुधबार हुने अन्तिम सेमिफाईनल खेलमा आयोजक श्रीपुर फुटबल क्लब (ए) र ईलाभेन स्टार त्रियुगा १० बोक्सेबीच फाईनलमा लागि भिडन्त हुनेछ । 

 

त्रियुगा नगरपालिका ५ वडा कार्यालयको प्रायोजनमा श्रीपुर माविको खेलमैदानमा जारी प्रतियोगिताको फाईनल २९ गते हुने आयोजक क्लबका सचिव चन्द्र राईले बताएका छन् । 

 

विजेता टिमले ट्रफीसहित ४० हजार नगद पाउने प्रतियोगिताको उपविजेतालाई ३० हजार र मेडल पुरस्कार दिइनेछ ।