४ घण्टा अघि
२0८१ चैत्र २४ सोमबारश्रीपुर, चैत २५
त्रियुगा नगरपालिका ५ श्रीपुरमा जारी 'पाचौँ वडा कप फुटबल प्रतियोगिता ०८१' को पहिलो चरणको खेल सकिएको छ । सोमबार सम्पन्न खेलमा लक्ष्मीपुर फुटबल क्लब त्रिनपा १३ लाई पराजित गर्दै आयोजक श्रीपुर 'ए' विजयी भएको छ ।
श्रीपुरले टाईब्रेकरमा ६-५ गोलले लक्ष्मीपुरलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको हो । निर्धारित समय गोलरहित टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलिएको आयोजक क्लबका अध्यक्ष विष्णु भुजेलले बताए ।
टाईब्रेकरमा श्रीपुरको तर्फबाट प्रविण राई, पवन मगर, ईश्वर मगर, शोहन वाईवा र प्रज्वल राईको गोलले पोष्टमा प्रवेश पाएको थियो । त्यस्तै लक्ष्मीपुका खेलाडीहरु दिनेश श्रेष्ठ, प्रतीक कार्की, सुजन खत्री, रितेश मगर र मोहन चौधरीले गोल गरेका थिए ।
पहिलो चरणको खेल सकिएसँगै मङ्गलबारदेखि सेमिफाईनल सुरु हुनेछ । पहिलो सेमिफाईनलमा त्रिनपा १४ साउने र त्रिनपा १२ डिएमगेटबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव चन्द्र राईले बताएका छन् ।
५ नं वडाको प्रायोजनमा जारी प्रतियोगिता विजेता टिमले ४० हजार नगदसहित ट्रफी पाउनेछ भने उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार नगद र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको फाईनल खेल आउदो २९ गते हुनेछ ।