६ घण्टा अघि
२0८१ चैत्र २४ सोमबारउदयपुर, चैत २५
सवारी दुर्सोघट्नामा परि सोमबार विहान यहाँका एक पुरुषको मकवानपुरमा निधन भएको छ । विहान २:३० वजे बसले ठककर दिँदा त्रियुगा नगरपालिका २ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको निधन भएको हो ।
बागमती प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा सवार प्रधान शौँच गर्न पूर्ब -पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ खरङ भन्ने ठाउँमा बिपरित दिशाबाट आएको बसले ठक्कर दिएर गम्भीर घाईते भएका थिए ।
तत्काल उद्धार गरि उपचारार्थ हेटौँडा अस्पताल लगेकोमा एक घण्टापछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
आफन्तका अनुसार प्रधान काठमाडौँमा स्वास्थ्य उपचार गरेर फर्कदै गरेको बेला दुर्घटनामा परेका हुन् ।
मृतकको शब पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । ठक्कर दिने बस ना ८ ख १८०९ नम्बरका गाडी चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान भईरहेको मकवानपुर प्रहरीलाई उदधृत गर्दै आफन्तफे जनाएका छन् ।