२१ घण्टा अघि
२0८१ चैत्र २३ आईतवारउदयपुर, चैत २४
त्रिमाायुगा नगरपालिका ५ श्रीपुरमा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता ०८१'को तेस्रो दिनको खेल १२ नं वडा डिएमगेटले जितेको छ । त्रियुगा नगरपालिका ५ देउरीमा सञ्चालित प्रतियोगिताको आईतबार सम्पन्न खेलमा वडा नं ६ लाई डिएमगेटले २-१ गोलले हराएको हो ।
खेल सुरु भएको छैठौँ मिनेटमै ६ नं का खेलाडी विशाल चौधरीले पहिलो गोल गर्दै समूहलाई अघि बढाएका थिए। तर, डिएमगेटका युवराज थापाले खेलको २९ र ५३ मिनेटमा लगातार २ गोल गरेर १२ नं टिमलाई विजयी बनाएका हुन् ।
खेलको म्यान अफ द म्याच उनै थापा घोषित भए । उनलाई नगद पुरस्कार प्रदान गरियो । सोमबारको खेल घरेलु टिम त्रियुगा ५ श्रीपुर (ए) र वडा नं १३ असारीबीच हुने आयोजक श्रीपुर फुटबल क्लबका सचिव चन्द्र राईले बताए ।
श्रीपुरस्थित जनता माविको प्राङ्यणमा जारी प्रतियोगितामा पछिल्लो खेलसहित ३ टिम सेमिफाईनलमा पुगेका छन् । अघिल्लो दिनको खेलका ईलाभेन स्टार क्लब त्रियुगा १० बोक्से सेमिफाईनलमा पुगेको थियो । उद्घाटन खेलमा १४ नं वडा साउनेले सेमिफाईनलको यात्रा तय गरिसकेको छ ।
विजेता टिमले पुरस्कारवापत नगद ४० हजार र ट्रफि पाउने प्रतियोगिताको उपविजेतालाई २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको फाईनल खेल आउँदो २९ गते हुने क्लबका अध्यक्ष विष्णु भुजेलले बताएका छन् ।