भोलिदेखि उदयपुरका विद्यालयमा आम हड्ताल

२३ घण्टा अघि

२0८१ चैत्र २३ आईतवार
भोलिदेखि उदयपुरका विद्यालयमा आम हड्ताल

उदयपुर, चैत २४

 

शान्तिपूर्ण शिक्षक आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासघ, उदयपुरले सोमबारदेखि शैक्षिक हड्ताल गर्ने भएको छ । गुणस्तरीय शिक्षा, विध्यार्थी र शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन् जारी गराउन जारी शिक्षक आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन महासङ्घले 'आम शैक्षिक हडताल'को आव्हान गरेको जनाएको छ ।

 

 

चैत २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनरत शिक्षकहरुको मागप्रति यतिका दिनसम्म सरकारले कुनै सुनुवाइ नगरेको प्रतिकृयास्वरुप आन्दोलन चर्काउन  शैक्षिक आमहडताल गर्ने निष्कर्षमा पुगेको आईतबार जारी विज्ञप्तिमा  उल्लेख छ । महासङ्घ उदयपुरका अध्यक्ष सुभाष विष्टद्वारा  जारी विज्ञप्तिमा जारी शिक्षक आन्दोलनलाई निर्णायक बनाउन आम हड्ताल गर्ने निर्णय भएको उल्लेख छ ।विहृप्तिमा आमहड्तालमा सबै शिक्षक कर्मचारीलाई अनिवार्य सहभागी हुन अपिल पनि गरिएको छ ।

 

विज्ञप्तिमा जिल्लाभरका शिक्षक तथा कर्मचारीलाई माध्यमिक शिक्षा परिक्षा र कक्षा ८ को आधारभुततह परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुन पनि उर्दी जारी गरिएको छ । साथै आन्दोलनमा ऐक्यबद्धता जनाउन सबै विध्यार्थी, अभिभावक, विध्यालय व्यवस्थापन समिति र सरोकारवालालाई समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।