२१ घण्टा अघि
२0८१ चैत्र २३ आईतवारउदयपुर, चैत २४
त्रियुगा नगरपालिकाको सर्वाङ्गिण विकासमा दीर्घकालीन रणनीतिक योजना तय गर्न 'त्रियुगा विकास गुरुयोजना' बनाइने भएको छ । नगरका सबैखाले समस्या र आवश्यकता पहिचान गरी दीर्घकालीन समाधानग गर्ने उदेश्यले गुरुयोजना निर्माण गर्न लागिएको हो ।
नगरले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्नेगरी गुरुयोजना बनाउने प्रारम्भिक खाका बनाएको नगरप्रमुख वसन्त बस्नेतले बताए । त्यसका लागि भर्खरै सङ्घीय राजधानी काठमाडौँमा विभिन्न पेशा व्यवसाय गर्दै आएका दिग्गज, अनुभवी, योजनाकार र सरोकारवाला विज्ञहरुसँग सुझाव लिने काम सम्पन्न भएको उनले बताए ।
सुझाव सङ्कलनका लागि शनिवार आयोजित कार्यक्रममा संघीय साँसद डा. नारायण खड्का, विभिन्न क्षेत्रका विज्ञहरु तथा सरोकारवालाहरुबाट त्रियुगालाई कसरी समृद्ध बनाउन सकिन्छ चन्ने धारणा लिइएको थियो । अन्तरकृयामा सहभागीहरुले आ-आफ्नो पक्षबाट उपाय सुझाउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको मेयर बस्नेतले बताए ।
'स्वस्थ्य शिक्षित र उद्यमशिल हाम्रो सहर, समुन्नत समाबेशी समृद्ध त्रियुगा नगर' भन्ने नारासहित निर्माण हुने गुरुयोजनाले नगरपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, पशुपालन तथा कृषि, पर्यटन, आयमुलक सिप तालिम, र रोजगारी सिर्जनालगायत विषयमा अध्ययन गरेर त्रियुगाको विशेषता वमोजिम कार्ययोजना बनाउने छ ।
गुरुयोजनाले नगरमा बढ्दो सहरीकरणलाई व्यवस्थित बनाउने, विकास निर्माण कार्यलाई तिब्ररुपमा अगाडि बढाउने, सम्पूर्ण नगरबासीलाई स्वास्थ्य र शिक्षाको पहुँचमा पुर्याउने लक्ष्य लिइएको छ । त्यसैगरी त्रियुगा उपत्यकाको उर्वर खेतीयोग्य जमिनको सदुपयोग गरि कृषिमा आत्मनिर्भर बनाउने, पर्यटन प्रवर्द्धनका लागि विश्वस्नीय आधार तयार गर्ने, उद्यशील र रोजगारमूलक सीप विकास गरि युवा पलायन रोक्जनेजस्ता विषय समेट्ने गुरुयोजना निर्माणको लक्ष्य लिइएको छ ।
अहिलेसम्म जहाँ मन लाग्यो त्यहीँ भद्रगोल तरिकाले बजेट छुट्उयाने र जनताले महसुस गर्ने गरि काम नभएको अनुभव सँगाल्दै नगरपालिकाको सम्पूर्ण भुगोल समेटेर गुरुयोजना बनाई सोही अनुरुप काम गर्ने मेयर बस्नेतले उदेश्य सुनाए । गुरुयोजनामा वडा तथा नगरबाट सञ्चालन हुने योजनालाई आवश्यकता र औचित्यका आधारमा बर्गिकरण गरेर त्यसै अनुसार अवाधिक योजना बनाएर काम गर्ने पनि उनले बताए ।
उनका अनुसार त्रियुगाका ३ वडा पहाडी भेगमा रहेको र त्यहाँको आवश्यक्ता के हो भन्ने पहिचान त्यहीँका जनताबाट गरेर सोही अनुसार योजना बनाइनेछ । सहर, समथर र नदी खोला तटीय भेगका बाँकी १३ वडामा कतै बाक्लो सहर बजार, कहि खेतीयोग्य जमिन भएकाले ति सवैलाई समेटेर गुरुयोजना बनाइने बस्नेतले बताए ।
गुरुयोजना निर्बामाण गर्न विज्ञहरु झिकाइएको बताउदै उनले उनीहरुलाई यहाँका सवै पक्षको अध्यन गराई गुरुयोजना बनाउने तयारी छ । गुरुयोजना बमोजिम नगरपालिका, जनप्रतिनिधि र कर्मचारी चल्नुपर्ने र कसैले भनेर वा दवाब दिएर केही नहुने पद्धति विमास गराउने अडानमा मेयर बस्नेत देखिन्छन् । त्यसो गरे अहिलेको भद्रगोल अवस्थाको नगरपालिका थितिमा आउने उनको बुझाई छ ।
गुरुयोजना बिना काम गर्दा गरेको काम पनि नदेखिएको, काम गर्ने शिलशिलामा प्राथमिकता बाहिर गएर काम हुने गरेका कारण नगरपालिकाको समग्र विकासलाई ध्यानमा राखेर गुरुयोजना बनाएर काम गर्न लागिएको उपप्रमुख महेश्वरी राईले बताईन् ।
प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले अहिलेसम्म विना गुरुयोजना चलेकैले नगरपालिकाले अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको निश्कर्ष निकालेको बताए । यसले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन नसकेको ठहर गर्छदै गुरुयोजना बनाएर काम गर्न लागिएको हाकिम कोईरालाले बताए ।