प्रेस सेन्टर केन्द्रीय समितिलाई प्रचण्डको बधाई

१ दिन अघि

२0८१ चैत्र १८ मंगलवार
प्रेस सेन्टर केन्द्रीय समितिलाई प्रचण्डको बधाई

काठमाडौँ, चैत १९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रेस ससेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई खुमलटारमा बधाई दिएका छन् । पाँचौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलबार प्रचण्डले आफ्नो निवास खुमलटारमा उनीहरुलाई बधाई दिएका हुन् ।

 

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार चैत १६–१७ गते सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कमल गिरी, वरिष्ठ उपाध्यक्षहरु निर्वाचित सुरेशचन्द्र अधिकारी, लक्ष्मण खड्का, रामसिंह ठगुन्ना, विवेक गौतम, शान्ता अधिकारी, दीपक श्रेष्ठ, महासचिव मनोज घर्ती मगरलाई अध्यक्ष प्रचण्ड र पार्टी प्रवक्ता तथा प्रेस सेन्टरका ईन्चार्ज अग्नि सापकोटाले बधाई दिए।

 

त्यस्तै उपमहासचिवहरु ज्ञानप्रसाद पौडेल, बुद्ध लोप्चन, हरिश विक, लक्ष्मी आचार्य र अनिल मिश्र, सचिवहरु  दिपिन राई, सुरेन्द्र चालिसे, सन्तोष देउजा, सुनिता वराल, अन्जली थापा, अवतार राई, केशब भुल र कोषाध्यक्ष वसन्त गिरीलगायत निर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष प्रचण्ड, इञ्चार्ज सापकोटा र प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष गोविन्द आचार्यले खादा र अविर लगाएर बधाई लिए ।

 

कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णु साकोटा जुगल, महासचिव सन्तोस पौडेललगायत अघिल्लो कार्यसमितिको पनि उपस्थिति थियो ।