२ दिन अघि
२0८१ चैत्र १७ सोमबारगाईघाट,चैत १८
गत शुक्रबार राजाबाको आन्दोलनममा पत्रकारलाई ज्युँदै जलाएको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्देशनमा आन्दोलन सुरु भएको हो ।
राजाबादी समूहको काठमाडौँ तीनकुने आन्दोलन हिङ्सात्मक बन्दा ३२ वर्षीय पत्रकार सुरेश रजकको निधन भएको थियो । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकलाई आन्दोलनकारीले ज्युदै आगो लगाएर मारेमो आरोप छ । रजकको ज्यान लिनुका साथै आन्दोलनकारीले सञ्चारगृह र व्यक्तिगत घरमा आगजनी र तोडफोड गरेका थिए । त्यसैगरी कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा छिरेका आन्लोलनकारीले मालसामान लुटेर लगेका थिए ।
सो घट्नाको विरोधमा महासङ्घले देशभर जिल्ला तथा प्रतिष्ठान शाखामार्फत चरणबद्ध आन्दोन थालेको दोस्रो दिन सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
उदयपुर शाखाले पनि सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । महासङ्घका अध्यक्ष भक्तिविलास पोखरेल नेतृत्वको टोली निर्धारित समयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेलाई ज्ञापनपत्र बुझायो ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष पोखरेलले अनाहकमा ज्यान गुमाउन पुगेका निहत्था श्रमजिवी पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी कारबाही गर्न माग गरे । उनले मृतक पत्रकारको परिवारलाई उचितफक्षतिपूर्ति दिन तथा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कानुनी कठघरामा ल्याउदै पीडित सञ्चारगृह र सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति दिन पनि माग गरे ।
ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घट्नामा संलग्न आपराधिक तत्वलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको प्रबन्ध मिलाउन माग गरिएको छ । सातादिनभित्र माग सम्बोधन नभए कडा सङ्घर्ष गर्न महासङ्घ बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।
सहायक सिडिओ पाण्डेयले ज्ञापनपत्र बुझ्दै महासङ्घको माग तत्काल नेपाल सरकारसमक्ष पुर्याउने बचन लिए।
पत्रकार हत्याविरुद्ध महासङ्घलले आईतवार हातमा कालो पट्टि बाँधेर काम गर्न र दोस्रो दिन देशभरका सिडिओमामार्फत ज्ञापनपत्र बुझाउन निर्देश गरेको थियो ।