लागू पदार्थसहित २ युवक पक्राउ

२ दिन अघि

२0८१ चैत्र १६ आईतवार
लागू पदार्थसहित २ युवक पक्राउ

उदयपुर, चैत १७

सदरमुकाम गाईघाटका २ युवा लागू पदार्थसहित शनिबार पक्राउ परेका छन् । ६० थान लागू पदार्थसहित उनीहरुफाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नृमा त्रियुगा नगरपालिका १२ का १९ वर्षीय रोहित झा र १८ वर्षीय बिबेक विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोझले बताए ।

 

प्नहरीले उनीहरुको साथबाट ३५ थान ट्रामाडोल हाईड्रोक्लोराड र २५ थान डेसिक्लो माईन नामक लागू पदार्थ बरामद गरेको छ ।  

 

पक्राउ दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाइएको डिएसपी दोङले बताएका छन् ।