४ दिन अघि
२0८१ चैत्र १३ बिहीबारउदयपुर, चैत १४
खोटाङको खार्पा प्रहरी चौकीले अत्याधुनिक नयाँ भवन पाएको छ । यसअघि फुसको छानोवाल भाडाको घरमा रहदै आएको जिल्लाको रावाबेसी गाउँपालिका २ स्थित प्रहरी चौकी खार्पाले भर्खरै नयाँ भवन पाएको हो ।
नेपाल प्रहरी कार्यालयहरुलाई भौतिक संरचनायुक्त, व्यवस्थित र गुणस्तरीइय बनाउँदै लाने योजना बमोजिम नयाँ भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले बताए । जस अनुसार अढाई तले अत्याधुनिक भवन ३ करोड ९२ लाख ८ हजार ७३ रुपैया लागतमा निर्माण सम्पन्न भएको विष्टले बताए ।
आईतबार एक कार्यक्रमका बीच प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारी र रावाबेशी गाउँपालिका अध्यक्ष्य फटिककुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेसँगै भवनबाट कार्य सञ्चालन सुरु भएको छ ।
भवन उद्घाटन गर्दै डिर्आजी अधिकारीले प्रहरी चौकीको नवनिर्मित भवनबाट सर्बसधारणले प्राप्त गर्ने प्रहरी सेवा सरल र सहज हुने विश्वास व्यक्त गरे । नयाँ भवन पाएपछि प्रहरी कर्मचारीले नयाँ उत्साह, उच्च मनोबल र छिटो छरितो तरिकाले काम गर्न सक्ने अपेक्षा पनि उनको थियो ।
प्रहरी भनेको ‘दुर्जनका लागि डर र सज्जनका लागि भर’ भएको भन्दै डिआईजी अधिकारीले सर्बसुलभ प्रहरी सेवा प्रदान गर्न तथा कार्यालयमा आउने सेवाग्राही, शोषित, पीडित, असहाय नागरिकलाई प्राथमिक्तामा राखेर नम्र, मिठो बोली बचन र मुस्कारसहितको प्रहरी सेवा प्रदान गर्न मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा रावाबेँसीका अध्यक्ष श्रेष्ठले नयाँ भवन बनेपछि गाउँपालिकाबासीको सुरक्षा व्यवस्था सहज हुने विश्वास लिए । प्रहरी बर्दीवाल नागरिक र जनता बिनाबर्दीका प्रहरी भएको भन्दै अध्यक्ष श्रेष्ठले दुवैबीच समन्वयर सहकार्य गर्दै समाजमा शान्ति र अमनचयन कायम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, प्रदेश प्रहरी कार्यालय विराटनगरका आर्किटेक इन्जिनियर डिएसपी हरि डङ्गोल, अन्य सुरक्षा निकाय प्रमुखहरु, जनप्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।