बेलटारका २ युवा लागूऔषध आरोपमा भारतीय सीमानाकाबाट पक्राउ 

५ दिन अघि

२0८१ चैत्र १२ बुधबार
बेलटारका २ युवा लागूऔषध आरोपमा भारतीय सीमानाकाबाट पक्राउ 

उदयपुर, चैत १३

उदयपुरका दुई युवा भारतीय सीमानाकाबाट लागूऔषधसहित पक्राउ परेका छन् । भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका चौदण्डीगढी नगरपालिका ६ बेलटारका २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । 


प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई लागुऔषध नयिन्त्रण ब्युरो वरिाटनगरको टोलीले चेक जाँच गर्ने क्रममा वरिाटनगर महानगरपालिका १५ स्थति १ नम्बर ढाटबाट नियनत्रणमा लिएको हो । 


प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसएसपी भीम दाहालका अनुसार मोटरसाइकल चालक रहेका बस्नेतको साथबाट १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखेको नाइट्राभेट–१० नामक १५ ट्याब्लेट बरामद भएको छ । 


उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी विराटनगर महानगरपालिका १५ बाट चेकजाँचको क्रममा भारतको विहार अररिया नरपथगञ्जका २२ वर्षीय मोहमद नहिमलाई पक्राउ गरेको छ । उनको साथबाट ब्राउनसुगर १ ग्राम ७ मिलिग्राम बरामद भएको छ । मोरङकै सुन्दरहरैचा गाउँपालिका ५ का १९ वर्षीय कबिन राई पनि ४ ग्राम ३२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।


उता मोरङको पथरी शनिश्चरे नगरपालिका १० का १८ वर्षीय रविन थाङ्देन र २१ वर्षीय अमृत तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट बरामद भएको छ । सुनसरीको पकलीका   २६ वर्षीय मोहम्मद सादिक मिँया र ३५ वर्षीय मोहम्मद समिर मिँयालाई ब्राउनसुगर ४ ग्राम ६ सय २० मिलिग्रामसहित मङ्गलबारै पक्राउ गरिएको छ ।


त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट सहिदभूमि गाउाँपालिका ७ का ३२ वर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजासहित पक्राउ परेका छन् । पक्राउ सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।