कुलमान हटाइए, देशमा पुनः लोडसेडिङको संभावना 

१ हप्ता अघि

२0८१ चैत्र १0 सोमबार
कुलमान हटाइए, देशमा पुनः लोडसेडिङको संभावना 

गाईघाट, चैत ८

काँग्रेस-एमाले गठबन्धन सरकारले उज्यालोका पर्याय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने गरेको निर्णयको सर्वत्र विरोध भईरहेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेको विरुद्धमा अहिले सत्तारुढ दलदेखि विपक्षी राजनीतिक पार्टी तथा सर्वसाधारण सबैले एकमुखले सरकारको विरोध गरिरहेका छन् । 

 

देशलाई दैनिक १८ घण्टासम्म लामो लोडसेडिङबाट मुक्त गराएका कुलमानलाई हटाउने सरकारको यस्तो उल्टो निर्णयको नेपाली काँग्रेसकै महामन्त्रीद्वय गगान थापा र विश्वप्रकाश शर्मादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी सभापति रवि लामिछानेले बत्ती निभाएर सरकारको विरोध जनाएका छन् भने रास्वपा साँसद सुमना श्रेष्ठले विनाशकाले विपरित बुद्धि भनेकी छिन् । मन्त्रिपरिषदको निर्णय सार्वज्निक नभईकनै सामाजिक सञ्जाल पूरै कुलमानको पक्षमा र ओली सरकारविरुद्धमा खनिएको छ । 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओबादी केन्द्र)का अध्यक्ष प्रचण्डले दुईतिहाईको दम्भ प्रदर्शन गरेर गम्भीर गल्ती गरेको प्रतिक्रिया दिइसकेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकारको यो कदमलाई ‘गलत र आपत्तिजनक’ भन्दै विरोध जनाउदै यो निर्णय सरकारका लागि महँगो सावित हुने तथा नेपाली जनातका लागि अँध्यारो युगको सुरुवाती भएको बताएका छन् । 


सरकारले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको छ । शाक्य प्रधानमन्त्री ओलीका नातामा साला हुन् । 

 

सरकारको यस्तो गलत निर्णयले देशमा पुनः लोडसेडिङ हुने संभावना बढेको छ । केहीदिनअघि मात्र उर्जामन्त्री दिपक खडकाले नेपाल लोडसेडिङ मुक्त हुनुमा भारतको हात भएको भन्दै कुलमानलाई होईन, भारतलाई धन्यबाद दिनुपर्ने बताएका थिए । 

 

गठबन्धन सरकार बनेदेखि नै उर्जामन्त्री खड्काले कुलमानलाइ हटाउन भरमग्नुर प्रयास गदैृ पटक पटक स्पष्टीकरण सोधेको थिए भने केही पार नलागेपछि एक महिनाअघि कार्यसंपादम मूल्याङ्कनमा उनले शूनय नम्बर दिएका थिए । मन्त्री खड्काले देशमा विद्युत संचित नभएको भन्दै पुनः लोडसेडिङ हुने बताएको चर्चा सेलाउन नपाउँदै कुलमानलाई प्राधिकरणबाट सरकारले विदा दिएको हो । 

 

देशको विद्युत खेर फालेर लोडसेडिङ गराउँदै बेट्री, सोलार र इन्भर्टर बेचेर व्यापारीमार्फत अर्बौँ कमिशन खाँदै आएको भ्रष्ट सरकार परिवर्तन भएर माओबादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानले ३ महिनाभित्र देशलाई लोडसेडिङमुक्त बनाएका थिए ।