लडेर र चट्याङ लागेर खोटाङमा २ को निधन 

१ हप्ता अघि

२0८१ चैत्र ८ शनिबार
लडेर र चट्याङ लागेर खोटाङमा २ को निधन 

खोटाङ, चैत ९

घरको बरण्डाबाट लगेर र चट्याङ लागेर खोटाङमा शनिबार एक शिशुसहित दुईजनाको निधन भएको छ । २ वर्षीया शिशुको बरण्डाबाट लडेर निधन भएको हो भने ४५ वर्षीया महिलाको चट्याङको झट्काले निधन भएको हो । 


दिक्तेल बजारस्थित रत्मपार्ककी मानकुमारी राईको घरमा डेरा लिएर बस्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १७ बिजयखर्क बसेरीका अशोक पोखरेलकी छोरी बुधबार साँझ बरण्डाबाट लडेर गम्भीर घाइते भएकी थिईन् । उनलाई जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा त्यहाँ संभव नभएपछि थप उपचारका लागि काठमाडौ लगिदै थियो । तर, बीच बाटोमै शनिबार विहान शिशुको निधन भएको जिल्ला प्रहरीले जनाएको छ । 


उता जिल्लाको केपिलाशगढी गाउँपालिका ७ सुङदेलमा शनिबार विहानै परेको चट्याङले स्थानीय ४५ वर्षीय दिलकुमारी राईको निधन भएको छ । विहान ४ः३५ वजे घरको आँगनमा काम गर्दै गरेकी राईको चट्याङले घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन पोख्रेले मृतकको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको बताएका छन् ।