१ हप्ता अघि
२0८१ चैत्र ७ शुक्रबारबाराहा, चैत ८
लिम्चुङबुङ गाउँपालिकाको साँस्कृतिक प्रतिष्ठान अध्यक्षमा विश्वराम राई नियुक्त भएका छन् । गत महिना बसेको कार्यपालिका बैठक निर्णय अनुसार राई प्रतिष्ठानको अध्यक्ष नियुक्त भएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले स्थानीय कला, साहित्य, सँस्कार, सँस्कृति, भाषा, लिपी र ललितकलालगायतको जगेर्ना, विकास र प्रवद्र्धन गर्ने उदेश्यले साँस्कृतिक प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको बताए । गाउँस्तरीय प्रतिष्ठानका लागि १२ औँ गाउँकार्यपालिका बैठकले गरेको निर्णयको कार्यान्वयन गर्न आवश्यक कार्यविधि बनाईसकिएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मेजरकुमार राईले नवनियुक्त अध्यक्ष राईलाई पद तथा गोपनीयताको पथ खुवाए । स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुको रोहबरमा सपथ खाएलगत्तै अध्यक्ष राईले ४ वर्षे कार्यकालको कार्यभार सम्हालेका छन् ।
वडा नं. ४ बलम्तामा जन्मेका अध्यक्ष राई स्थानीय क्यापटेन पर्शुराम–पद्मा राई माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापकसमेत हुन् ।