०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

१ हप्ता अघि

२0८१ चैत्र ७ शुक्रबार
०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा
उदयपुर, चैत ८ 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ०८४ सम्म प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । ‘जनतासँग माओबादीः तराई–मधेस जागरण अभयिान’को क्रममा पर्सा पुगेका प्रचण्डले शुक्रबार विहान कार्यकर्ता भेटघाट गर्दै सो कुरा बताएका हुन् । 


वीरगञ्ज प्रेस सेन्टर नेपाल, पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा  अध्यक्ष प्रचण्डले २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा आफू नरहेको स्पष्ट पारे । सरकारमा हुँदा एउटा र सरकारबाहरि हुँदा अर्कै कुरा गर्ने पार्टी माओवादी नरहेको भन्दै उनले सरकारमा हँुदा भ्रष्टाचारवरिुद्ध जेहाद नै छेडएिको बताए । उनले मटिरब्याज पीडतिका पक्षमा ऐन् नर्मिाणदेख िनागरकितावहिीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम पनि माओबादी सरकारमा हँुदा गरेको बताए । 


त्यसैगरी आफु सरकारमा हुँदा आर्थकि वकिासलँई गत िददिै  सुशासन कायम गर्न सुरु गरेको भन्दै प्रचण्डले सरकारबाहरि हुँदा पन ित्यो अभियानलाई नरिन्तरता दिन आवाज उठाईरहेको बताए । 


ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिलाई प्रोत्साहन दिदै गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई सरकारले हतोत्साहित गर्ने गरेको टिप्पणी गरे । 


शुक्रबार विहानै वीरगञ्जमा आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको बताए । उनले जागरण अभियान कार्यक्रम पार्टीलाई जनसम्पर्क गराउने उद्देश्यले अघि बढाइएको बताए । 


निर्माणकै क्रममा १० वर्षभत्रि संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि अव पूरा हुन लागेकाले संिवधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए ।


नागरिक संबाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभन्नि संघ–संस्था तथा सामाजिक अगुवाहरुले समस्या र सुझाव राखेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

 

अध्यक्ष प्रचण्डलाई वीरगञ्ज महानगरप्रमुख राजेशमान संिहले स्वागत गर्दै वीरगञ्जका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए ।