आगलागीबाट बँच्न नक्कली घट्ना पर्दशन

१ हप्ता अघि

२0८१ चैत्र ६ बिहीबार
आगलागीबाट बँच्न नक्कली घट्ना पर्दशन

उदयपुर, चैत ७

अहिले आगलागी र डढेलोको जोखिमपूर्ण अवस्था छ । केहीदिनयता लगातार आगलागी र डढेलो लाग्ने क्रम निरन्तर भईरहेको छ । यही आगलागीबाट बँच्ने उपायबारे सदरमुकाम गाईघाटमा नक्कली घट्ना प्रदर्शन (सिम्युलेसन) प्रदर्शन गरिएको छ । 

 

हावाहुरी चल्ने तथा सुख्खा र गर्मी मौसम भएकाले यो बेला वन जङ्गल तथा घर गोठमा कुनै पनि आगलागी वा डढेलो लाग्ने जोखिमबाट बँच्नका लागि सन्देश दिने उदेश्यले सिम्युलेसन गरिएको हो । मानव अधिकार र वातावरण्उा विकास केन्द्र (हुरेण्डेक) उदयपुरको आयोजनामा भएको सिम्युलेसनमा आगलागी हुँदा बँच्ने र आगो निभाउने तरिकाबारे प्रयोगात्मक अभ्यास गरेर देखाइएको थियो । 

 

अभ्यासको क्रममा आगलागी हुनको कारण, आगलागी भएपछि हुने क्षतिबाट बच्ने उपाय, आगो नियन्त्रण गर्ने तरिका, क्षति न्यूनिकरण, घाईतेको उद्धार र प्राथमिक उपचारजस्ता कुराहरु प्रयोगमार्फत देखाइएको थियो । प्रदर्शनीले विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिको क्षमता अभिबृद्धि गर्नुका साथै समुदायमा विपदबाट बच्न र विपद हुन नदिन पूर्व तयारी गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ । 

 

आयोजक सँस्था हुरेन्डेकका अध्यक्ष शंकरबहादुर थापाले आगलागी बिपद प्रतिकार्यबारे समुदायलाई सचेत गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । क्षमता अभिबृद्धिको लागि बिहिबार गाईघाटस्थित थारुहट रङ्गशालामा स्थानीय समुदाय तथा स्थानीय विपद व्यवस्थापनका सदस्यहरुलाई प्रयोगात्मक अभ्यास गराईएको हो । 

 

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति उदयपुर, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी वल उदयपुरको समन्वय र सहजीकरण रहेको थियो । पछिल्लो समय आगलागीका घट्ना बढ्दै गएपछि त्यसको नियन्त्रण र न्यूनिकरणका लागि यो अभ्यास गराइएको हो ।