त्रियुगा माओबादीमा राई दोहोरिए

२ हप्ता अघि

२0८१ चैत्र १ शनिबार
त्रियुगा माओबादीमा राई दोहोरिए

गाईघाट, चैत २

नेकपा (माओबादि केन्द्र) त्रियुगा नगर कमिटीमा मानबहादुर राई अध्यक्ष दोहोरिएका छन् । दोस्रो अधिवेशनले चयन गरेको कमिटीको शनिबार सम्पन्न पहिलो बैठकले राईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।


गत फागुन २८ गते सम्पन्न अधिवेसनले गठन गरेको ५१ सदस्यीय कमिटीको प्रथम बैठकले पदाधिकारी चयन गर्दा यसअघिकै अध्यक्ष राईले दोस्रो कार्यकालका लागि जिम्मेवारी पाएका हुन् ।


बैठकले छानेको पदाधिकरिमा ३ उपाध्यक्षहरु क्रमश:  राधारमण खतिवडा, दुर्गाकुमारी कार्की र शुभराज तामाङ छन् । सचिव काशीकुमार कार्की चयन हुँदा सहसचिव गोपाल कटेल र कोषाध्यक्ष मेमबहादुर बिक छानिएको निर्वाचन समिति संयोजक हरिकुमार राईले बताए । 


शनिबारकै बैठकले कमिटीको कार्यालय टिम पनि गठन गरेको छ । पदाधिकारीसमेतको कार्यालय टिम सदस्यमा ज्ञानेन्द्र मगर, बुध्दिकुमारी तुम्वाहाम्फे, जिवनी राई र नबिनकुमार राई रहेका छन् ।


नवनिर्वाचित पदाधिकारीसहित अधिबेशनद्वारा छनौट कमिटी सदस्यहरुलाई शनिबारै निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको छ । त्यसैगरी सोही अवसरमा अधिबेशन ईन्चार्ज तथा केन्द्रीय सदस्य मोहन खत्रीले सपथ ग्रहण पनि गराएको जनाइएको छ ।