माओबादीको त्रियुगा नगर कमिटी ५१ सदस्यीय

२ हप्ता अघि

२0८१ फाल्गुन २९ बिहीबार
माओबादीको त्रियुगा नगर कमिटी ५१ सदस्यीय

गाईघाट, फागुन २९

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को त्रियुगा नगर अधिवेशन भर्खरै समपन्न भएको छ । बुधबार पार्टी उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज हरिवोल गजुरेल (शितल)ले उद्घाटन गरेको ऐतिहासिक दोस्रो  अधिबेशन विहीबार विहान नयाँ कमिटी गठन गर्दै सकिएको हो । 

 

गाईघाटस्थित होटल टाउनहलमा भएको उद्घाटन शत्र सकिएलगत्तै संविधानसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य मोहन खत्री (दिपक) अध्यक्षतामा गठित अध्यक्ष मण्डलले सञ्चालन गरेको बन्दसत्रमा पार्टी नगर अध्यक्ष मानबहादुर राईद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिबेदन पारित भयो ।

 

प्रतिबेदन पारितपछि बन्दशत्रले ५१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निर्वाचन समिति संयोजक हरिकुमार राईले बताए । कमिटी गठन भए पनि पदाधिकारी चयन गर्न भने बाँकी रहेको छ । निर्वाचन कमिटी सदस्य अधिवक्ता निरबहादुर राईका अनुसार आगामी चैत २ गते बस्ने कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गर्ने छ । 

 

अविधेशनको क्रममा प्रदेश इन्चार्ज शितलसँगै सहइन्चार्ज सावित्री काफ्ले (समर), केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), प्रदेश कमिटी सदस्यहरु, जिल्ला समन्वयका पदाधिकारीलगायत जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।