कटारी माओबादी नेतृत्वमा श्रेष्ठ

२ हप्ता अघि

२0८१ फाल्गुन २९ बिहीबार
कटारी माओबादी नेतृत्वमा श्रेष्ठ

कटारी, फागुन २९

नेकपा (माओबादी केन्द्र) कटारी नगर कमिटीको अध्यक्षमा कमल श्रेष्ठ चयन भएका छान् । २८ गते सुरु भई बिहीबार विहान सम्पन्न तेस्रो नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा ५५ सदसंयीय नया कमिटी चयन गरेको हो । 

 

 

उदयपुर उद्बायोग बाणिज्य सङ्घ कटारीको सभाहलमा पार्टीका उपमहासचिव गिरीराजमणि पोखरेलले उद्घाटन गरेको सम्मेलनले सर्वसम्मत कमिटी चयन गरेको केन्द्रीय सदस्य केपी बरालले बताए । बरालका अनुसार कमिटीमा ७ जना पदाधिकारी र बाँकी सदस्य छन् । 

 

 

उपमहासचिव पोखरेल प्रमुख आतिथि रहेको कार्यक्रममा केन्सद्रीय सदस्यद्वय भेषकुमारी राउत (कोपिला) र केपी बराल, नेता माधब कोइराला, जिल्ला संयोजक बिनोद कटुवाल (दिवस), प्रदेश सदस्यहरु भगवती खनाल र हेम दाहालले शुभकामना मन्तव्य दिएका थिए ।

 

 

निवर्तमान अध्यक्ष मणिराज दाहालको अध्यक्षता र सचिव ईश्वर पोखरेल सञ्चालनमा  स्वागत मन्तव्य मीना कोइरालाले गरेकी थिईन् । उद्इघाटन समारोहपछि संविधान सभासद ईन्द्रावती दनुवारको अध्यक्ष मण्डल तथा कुमारसिंह राई संयोजकत्वको निर्वाचन आयोगले नयाँ कमिटी चयन गरेकोे रेको हो । 

 

 

नवगठित कमिटीलाई केद्रीय सदस्य  कोपिलाले सफत ग्रहण गराएकी थिईन् ।