३ हप्ता अघि
२0८१ फाल्गुन २७ मंगलवाररुपाटार, फागुन २७
नेकपा (माओबादी केन्द्र) ताप्लीको अध्यक्षमा फत्तबहादुर ज्युठकुरी चयन भएका छन् । मङ्गलबार सम्पन तेस्रो ऐतिहासिक अधिबेशनले ठकुरीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरेको हो ।
सर्वसम्मत चयन भएको नवगठित कमिटीका ३ उपाध्यक्ष्ँमा भरतसिङ तामाङ, गोकुलबहादुर सेन र अ्मृतमाया बिक छानिएका छन् । राकेश नेपाली सचिब चयन हुँदा चित्रबहादुर मगर सहसचिब र तोपबहादुर राइ कोषाध्यक्ष छानिएको निर्वाचन मण्डलका अध्यक्ष मोहन बुढाथोकीले बताएका छन् ।
गाउँ पार्टी अध्यक्ष गुरु पोखरेलको अध्यक्षतामा सम्पन अधिवेशनको उद्घाटन पार्टी प्रमुख अतिथि १ नं. प्रदेश कमिटी सचिवालय सदस्य काजीमान तामाङ (जिज्ञाशा)को ले गरेका थिए । प्रदेश कमिटी सदस्य तथा गाउँ पार्टी इन्चार्ज ढुङ्गराज विश्वकर्मा र अर्का प्रदेश कमिटी सदस्य झनक विश्वकर्माको उपस्थितिमा भएको कार्यक्रमले ५ वटै वडाको प्रतिनिधित्व गर्ने गरी कमिटी गठन गरेको हो ।
यसैबीच पार्टीको त्रियुगा नगर अधिवेशन बुधबार हुने तयारी छ । नगर कमिटी अध्यक्ष मानबहादुर राईका अनुसार गाईघाटस्थित होटल टाउनहलमा हुने अधिवेशन विहान ११ः०० बजे गर्ने गरी सम्पूर्ण तयारी पुरा भईसकेकोछ ।