लिमचुङबुङ माओबादी: ३५ सदस्यीय कमिटी गठन

३ हप्ता अघि

२0८१ फाल्गुन २५ आईतवार
लिमचुङबुङ माओबादी: ३५ सदस्यीय कमिटी गठन

बाराहा, फागुन २५

नेकपा (माओबादी केन्द्र) लिमचुङबुङको ३५ सदस्यीय नयाँ गाउँ कमिटी चयन भएको छ । शनिबार उद्घाटन भएर आईतबार विहान सम्पन्न ऐतिहासिक तेस्रो गाउँ अधिवेशनले नयाँ गाउँ कमिटी गठन गरेको हो । 


पार्टी केन्द्रीय सदस्य तथा संविधानसभासद मोहनबहादुर खत्रीको प्रमुख आतिथ्य, प्रदेश सचिवालय सदस्य तथा अधिवेशन इन्चार्ज काजीमान तामाङ (जिज्ञाशा) र प्रदेश सदस्य कृष्ण निरौलाको उपस्थितिमा सम्पन्न अधिवेशनको बन्दसत्रले गाउँपालिकाका ५ वटै वडा प्रत्येकबाट ७ जनाका दरले ३५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । 


नयाँ कमिटीको पदाधिकारी भने चयन गर्न बाँकी छ । पदाधिकारीका आकांक्षी धेरै भएकाले समायाभावले केहीदिनपछि पदाधिकारी चयन गर्ने बन्दसत्रले निर्णय गरेको छ । निर्वाचन कमिटी संयोजक शिवराम राईका अनुसार अध्यक्षमा ४ जना उपाध्यक्षमा ५ र सहसचिवमा २ जनाको दावेदारी परेको छ । 


शनिबार राति ९ः०० बजे सुरु बन्दसत्रले आईतबार विहानसम्म प्रयास गर्दा पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेका कारण केहीदिनका लागि पदाधिकारी चयन कार्य स्थगित गरिएको हो । केहीदिनपछि अनुकुल वातावरणमा गाउँ कमिटीको बैठक राखी अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने निर्णय बन्दसत्रले गरेको संयोजक राईले बताए । 


अधिवेसन इन्चार्ज जिज्ञाशाका अनुसार अध्यक्षमा निवर्तमान उपाध्यक्षहरु क्रमशः भीम किराती र दिनेश राईको सशक्त दावी रहेको छ भने जितेन राई र मनोज बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । सुना राई, नन्द राई, जमुना कार्की, विजय राई र रुपा राईले उपाध्यक्षमा दावी गरिरहेका छन् भने सञ्जु राई र सुरेश विश्वकर्माले सहसचिवमा दावी पेश गरेका छन् । 


सचिवमा भने सर्वसम्मत जनदिप थापामगर चयन भएका छन् । सचिवका दावेदार ४ नं. वडा सदस्यसमेत रहोका बलम्ताका विजय राईले ‘वाक ओभर’ गरेसँगै १ नं. वडाध्यक्षसमेत रहेका मगर निर्विरोध सचिव चयन भएका हुन् ।