माओबादी चौदण्डीगढी नगर कमिटी ४३ सदस्यीय

३ हप्ता अघि

२0८१ फाल्गुन २५ आईतवार
माओबादी चौदण्डीगढी नगर कमिटी ४३ सदस्यीय


बेल्टार, फागुन २५

नेकपा (माओवादी केन्द्र) चौदण्डीगढी गगर कमिटीमा पुन: दिनेश बायुङ राई चयन भएका छन् । शनिबार सुरु अधिबेशनको बन्द सत्रले केही सदस्यहको हेरफेर गर्दै पुरानै पदाधिकारीलाई सर्वसम्मत कायम राख्दै नगर कमिटी गठन गरेक‍ ह‍ो ।


दोस्रो ऐतिहासिक नगर अधिवेशनले यसअघिकै अध्यक्ष बायुङको नेतृत्वमा ४३ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हिरा थापा, गिता पराजुली र प्रमोद थापा छन् ।


सचिव र सहसचिवमा क्रमश: कुमार राई र विदुर राईलाई जिम्मेवारी दिइएको छ भने कोषाध्यक्ष समितिको अर्को बैठकले टुङ्गो लगाउने निर्णय भएको छ ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७ जना नेता कार्यमर्तन माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओबादी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता कुमार खड्का, नेपाली काँग्रेसका पुनम राई, मदमद मुन्ना, लालु खातुन, धनमाया राई, नैनकुमार राई, लोकबहादुर राई रहेका छन् ।

 

त्यस्तै (एमाले)का दिव्या थापा, हविव मियाँ लहरी, खुदेश खातुन, सहनाज खातुन, इन्दिरा भुजेल, धुर्व पौडेल, सान्तबहादुर तामाङ्ग, लोकबहादुर परियार, मजिका राई र निर्मला राई पनि विना शर्रत माओबादीमा रुपान्हेतरित भएका छन् ।

 

अहिलेको गठबन्धन सरकार भ्रष्टाचारीहरुको नायके स भएकाले यो सरकारबाट कुनै आशा नभएको भन्दै उनीहरुले माओवादी पार्टी रोजेको बताएका छन् ।


पार्टीका महासचिव देव गुरुङले यदघाटन गरेक‍ अधिवेहनमा केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद सुरेशकमार राई ‘हिमाल’ जिल्ला इञ्चार्ज मणि खम्बु 'रिवासी', प्रदेश सांसद राजन किराती ‘वासु’ र जिल्ला तथा प्रदेस सदस्यहरुको पनि उपस्थिति थियो ।