उदयपुर सिमेन्ट उद्योगका बन्द बैँक खाता खुल्यो

१ महिना अघि

२0८१ फाल्गुन २२ बिहीबार
उदयपुर सिमेन्ट उद्योगका बन्द बैँक खाता खुल्यो

जलजले, फागुन २२

एक महिनाअघि रोक्का भएका उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका बैँक खाताहरु खुलेका छन् । काठमाडौँ जिल्ला अदालतले रोकेका खाताहरु उसकै आदेशमा महिनादिनपछि खुलेका हुन् ।


बक्यौता भुक्रानी नपाएका सप्लायर्सहरुको रिटउपर काठमाडौँ जिल्ला अदालतले प्रारम्कि सुनुवाई गर्दै गत माघ ८ गतेको फैसला अनुसार विभिन्न बैँकमा रहेका उद्योगका २८ वटा खाताहरु रोक्का भएका ाथिए । फेरि काठमाडौँ जिल्ला अदालतकै २२ गतेको पत्रानुसार सबै खाता खुलेको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले बताए । 


साहका अनुसार अदालतले बन्द खाता खोल्नेसँगै बक्यौता रकम भुक्तानीसमेत गराएको छ । रोकिएका खाताहरु माघ २१ गतेको अर्को फैसलाले सुचारु नगरेर बक्यौता भुक्तानी गर्ने रकमसमेत उद्योगको खाताबाट अदालतले नै तानेको छ ।’ अदालतले ग्लोबल आईएमई बैँक गाईघाट शाखाको नाममा माघ २२ गते लेखेको पत्रानुसार उद्योगलाई उपलब्ध गराएको सामग्रीवापतको रकम रौता सर्भिसेज प्रालिका सञ्चालक सुबास राउतलाई भुक्तानी दिएको साहले बताए । 


अदालतले ग्लोबल आईएमई बैँक शाखा गाईघाटलाई लेखेको पत्रमा रौता सर्भिसेजले उद्योगबाट पाउँनुपर्ने भुक्तानी रकम उद्योगको नाउँको ०२२११०१०००००३९ नं. खातामा रहेको रकममध्ये ९६ लाख ९२ हजार ५ सय ५२ रुपैँया ३० पैसा जम्मा गरेको भौचर बुझाउन भनेको साहले सुनाए । ‘...यस अदालतको कार्यालय कोड नं. २०४९७३५०१ खाता सञ्चालन गर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय सिंहदरवार काठमाडौको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाता नं. १९६०१००१०२०३०००० मा जम्मा गरी सो रकम बुझाएको भौचर तथा विवरणसहितको जवाफ यस अदालतमा पठाईदिन हुन अनुरोध गरिन्छ’ अदालतका फैसला कार्यान्वयन अधिकारी उपसचिवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 


अदालतको यस्तो फैसलाले उद्योगको यन्त्र उपकरण मर्मतसम्भार गर्न भनी गतवर्ष अर्थ मन्त्रालयले ऋणस्वरुप दिएको १६ करोडबाटै भुक्तानी भएको साहले बताए । उद्योगका बिग्रेका यन्त्र उपकरणको मर्मतसम्भार तथा आवश्यक नयाँ खरिद गर्नका लागि अर्थ मन्त्रालयलले १० वर्षभित्र साँवा व्याज तिरिसक्ने गरी ०८० पुसस तेस्रो साता १६ करोड ऋण सहयोग उद्योगलाई दिएको थियो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थले ०८० पुस २२ गतेको मितिमा लेखेको पत्रमा भनिएको छ ‘सो रकम प्रयोग गर्दा उद्योग व्यवस्थापन समितिबाट निर्णय गराइ पँुजीगत शीर्षकमा मात्र मर्मत सुधार तथा खरिद गर्ने सुनिश्चित गरेर मात्र गर्नू ।’ 


सोही अनुसार यन्त्र उपकरणको मर्मतसंभार गर्ने काम भईरहेको पनि जिएम साहले बताए । उनका अनुसार १६ करोडमध्ये सप्लायर्सलाई ९७ लाख भुक्तानी गरेपछि अव ११ करोड मात्र बाँकी  रहेको छ । लगभग २ करोड खर्च मेटालिक चेन मर्मत र पार्टस किन्दा खर्च भएको छ भने जिबिएफ मर्मतलगायत अन्यमा खर्च भएको छ । 


सोही रकम आन्तरिक ऋणवापत लिएर प्लान सञ्चालन गर्दा १ करोड ९० लाख रुपैया खर्च भईसकेको पनि उनले बताए । अन्य खर्च भने शीर्षकभन्दा बाहिर गएर भएको त्यही अदालतले तानेर दिएको भुक्तानीबाहेक केही नगरेको साहले बताए । 


चालुवर्ष सुरु भएयता १÷२ महिना हाराहारी उद्योग चलेबाहेक बिगत ७ महिनायता पूर्णरुपमा बन्द छ । छिटफुट क्लिङ्कर उत्पादन भए पनि कोईलालगायत कच्चा पदार्थको अभाव र यन्त्र उपकरण मर्मत गर्नुपर्ने भएकाले ९० प्रतिशत समय बन्दै छ । 


टाट पल्टदै गएको उद्योग सञ्चालन गर्न दुषण प)भावित क्षेत्रका स्थानीयहरु मिलेर गतवर्ष सङ्घर्ष समितिसमेत गठन गरेका थिए । त्रियुगा नगरपालिका ५ का राधारमण खतिवडाको संयोजकत्वमा गठित समितिले उद्योग धरासायी हुन नदिन तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहयोग मागेको थियो । समितिकै माग अनुसार सरकारले वर्षदिनअघि १६ करोड ऋण ििदएको हो । समितिको माग बमोजिम उद्योग मर्मतसम्भार गरेर सुचारु गर्न वार्षिक ७ प्रतिशत व्याजदरमा १० वर्षभित्र साँवाव्याज बुझाईसक्ने गरी अर्थमन्त्रालयले उद्योगलाई १६ करोड ऋण सहुलियत व्याजदरमा उपलब्ध गराएको खतिवडाले बताए । 

 

दैनिक ९ सय मेट्रिक टन क्लिङ्कर उत्पाद न क्षमता भएको उसिउलि विगत ३ वर्षयता व्यवस्थापकीय नेतृत्वविहीन हुन पुग्दा एकताका एसियाकै गुणस्तरीय सिमेन्ट गैडा ब्राण्डमा ख्याती कमाए पनि अहिले उठ्न नसक्ने अवस्थामा रुग्न भएको छ । 


सय वर्षसम्म पुग्ने गुणस्तरीय चुनढुङ्गा खानी, हजारौँ बिगाह क्षेत्रफलको रातोमाटो खानी भएको उद्योग  जापान सरकारले नेपाललाई हस्तान्तरण गरेपछि दोहन सुरु भएर यो हालतमा पुगेको हो । खासगरी ०४६ सालको वहुदलीय व्यवस्थापछिका सरकारले कार्यकर्ता भर्तीकेन्द्रमा परिणत गरेपछि ओरालो लागेको उद्योग निकै कठिन मोड पार गरे मात्र पुनस्र्थापित हुने स्थानीय बताउँछन् ।