४ हप्ता अघि
२0८१ फाल्गुन २१ बुधबारकटारी फागुन २१
उदयपुरको कटारीमा बुधबार आँखा शिविर सञ्चालन गरिएको छ । कटारी चेम्बर अफ कमर्सको संयोजनमा कटारी नगरपालिका १ को कालीखोलास्थित बिध्यालयमा निःशूल्क शिविर सञ्चालन गरिएको हो ।
अस्ट्रेलियन रोटरी क्लब र धुलिखेल रोटरी क्लबको आयोजनामा सम्पन्न शिविरमा ५ सय ६ जना स्थनीयले उपचार सेवा पाएका छन् । जसमा पुरुष २ सय ३० महिला २ सय ७६ ले आँखाको निःशूल्क परीक्षण गर्नुका साथै औषधि र चश्मा पनि पाएका छन् ।
कटारी चेम्बर अफ कमर्सका अध्यक्ष पबन श्रेष्ठका अनुसार शिविरमा अस्ट्रेलियन चिकित्सकहरुले आँखा जाँचमा सहजीकरण गरेका थिए । शिबिरमा अस्ट्रेलियाका वरिष्ठ आँखा विशेषज्ञहरुले आँखा जाँच गरेका थिए ।
शिविरमा २ सय ९८ जनाको आँखा अप्रेसन गर्नुपर्ने पत्ता लागेको छ । उनीहरुलाई हाल निःशूल्क चश्मा वितरण गरिएको श्रेष्ठले बताए । शिविरमा जँचाइएका विरामीको आँखाको अप्रेसन महोत्तरीको ढल्केवरस्थित द रेयुकाईले सञ्चालन गरेको आँखा अस्पतालमा गर्ने तय भएको छ ।
शिबिरको व्यवस्थापनमा चेम्बरलाई कटारी नगरपालिकाले सहयोग गरेको पनि अध्यक्ष श्रेष्ठले बताएका छन् ।