आज कटारी गोल्डकपको फाईनल, कसले चुम्ला उपाधि ? 

१ महिना अघि

२0८१ फाल्गुन १७ शनिबार
आज कटारी गोल्डकपको फाईनल, कसले चुम्ला उपाधि ? 

कटारी, फागुन १७

कटारीमा भईरहेको मेयर गोल्डकपको आज फाईनल खेल हुँदैछ । कटारी नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘पाँचौ कटारी मेयर गोल्डकप प्रतियोगिता ०८१’को अन्तिम स्पर्धा आज दिउसो ३ः०० बजेदेखि हुँदैछ । 


फाईनल खेलमा सिरहाको सहलेश फुटबल क्लब र काठमाडौँको च्याम्पिएन ब्वाईज क्लबले प्रतिस्र्धा गर्दैछन् । च्याम्पिएन १४ गते भएको पहिलो सेमिफाईनलमा एनएस क्लब धरानलाई पराजित गरेर फाईनलमा पुगेको हो भने सहलेशले १५ गतेको अन्तिम सेमिफाईनलमा पर्साको युनाईटेड क्लब वीरगञ्जलाई पराजित गदै फाईनलमा पुगेको हो ।  


प्रतियोगिता विजेता टिमले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई डेढलाख नगद र प्रमाणपत्र प्रदान गरिने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले बताएका छन् । उनका अनुसार हरेक दिनको खेलमा म्यान अफ द म्याचलाई ३ हजार नगद पुरस्कार दिइएको प्रतियोगितामा विधागत पुरस्कारवापत जनही ५ हजार दिइने छ । 


कटारीस्थित टाईगर खेलमैदानमा भईरहेको प्रतियोगिताको फाईनल खेल निकै रोचक हुने खेलप्रेमीहरुले बताएका छन् । गएको १० गते नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा विजेता टिम र खेलाडीहरुलाई आजै समापन समारोह आयोजना गरी पुरस्कार तथा ट्रफी वितरणग र्ने कार्यक्रम रहेको छ ।