'कटारी मेयर गोल्डकप'मा वीरगञ्जको जीत सुरु 

१ महिना अघि

२0८१ फाल्गुन ११ आईतवार
'कटारी मेयर गोल्डकप'मा वीरगञ्जको जीत सुरु 

कटारी, फागुन ११

अघिल्लो दिनदेखि कटारीमा भईरहेको ‘पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिता ०८१’को आईतबारको खेलमा सिन्धुलीलाई पराजित गर्दै वीरगञ्जले जितको सुरुवात गरेको छ । पर्साको युनाईटेड फुटबल क्लब वीरगञ्जले एनजे सिन्धुलाीलाई २–१ गोलको अन्तरले पराजित गर्दै विजयी विजयी यात्रा प्रारम्भ गरेको हो ।


खेल सुरु भएको २४ औँ मिनटमा वीरगञ्जका खेलाडी अञ्जन बछारले पहलिो गोल गर्दै आप्‌mनो टिमलाई अघि बढाएका थिए । विपक्षी सिन्धुलीका खेलाडी सञ्जिव धामीले ३४ औँ मिनटमा गोल फर्काउँदै खेललाई बराबरी बनाए । 


तर, मध्यान्तरपछिको खेलमा वीरगञ्ज अर्को गोल थप्न सफल भयो । वीरगञ्जका खेलाडी विक्रम थोकरको ७४ औँ मिनटमा प्रहार गोलमा परिणत हुँदै टिमका लागि दोहोरो गोल बन्न पुग्यो । खेलको बाँकी समय दुवै पक्षबाट गोलरहित सकिएपछि वीरगञ्जसँग सिन्धुली स्तब्ध हुन पुग्यो ।


आईतबारको खेलमा म्यान अफ द म्याच वीरगञ्जका विक्रम थोकर घोषित भए । उनलाई आयोजक नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । सोमबार हुने खेलमा पाहुना टिम समत्से क्लब भुटानसँग काठमाडौँको च्याम्पिएन ब्वाईज क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 


कटारी नगरपालिकाको प्रायोजन तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा एनएसएफ क्लब धरान घरेलु टिम कटारी ११ लाई पराजित गरी सेमिफाईनल खेलमा प्रवेश गर्रिसकेको छ । 


कटारी बजारस्थित टाईगर खेल मैदानमा सञ्चालित प्रतियोगिताको पहिलो चरणको खेल पर्सी मङ्गलबार बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहाबीच प्रतिस्पर्धा भएसँगै सकिनेछ । फागुन १४ र १५ गते सेमिफाईनल हुने प्रतियोगिताको फाईनल खेल १७ गते हुनेछ । 


गोल्डकप उपाधि विजेता टिमले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ । हरेक दिनको खेलमा म्यान अफ द म्याचलाई ३ हजार नगद पुरस्कार दिइनेछ भने विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको अध्यक्ष राईले बताएका छन् ।