१ महिना अघि
२0८१ फाल्गुन १0 शनिबारकटारी फागुन १०
पहाँ सुरु ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’मा धरानको विजय यात्रा प्रारम्भ भएको छ । शनिबारको उदघाटन खेलमा घरेलु टिम कटारी ११ लाई १-० गोलले पराजित गर्दै एनएसएफ क्लब धरानले विजय यात्रा थालेको हो ।
कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले उद्घाटनगरेको खेलको अन्तिम समयमा धरानका खेलाडी प्रज्वल थापाले गोल गर्दै टिमलाई विजयी गराएका हुन् । निर्धारित ९० मिनटको खेलमा ८१ अौँ मिनटमा थापाको प्रहार गोलमा परिणत भएको थियो । बाँकी ९ मिनट कटारीले गलरहित बिताएपटि सोही गोलले धरानको जित सुनिश्चित गरायो ।
खेलको म्यान अफ द म्याच उनै प्रज्वल थापा भए । उनलाई उदघाटन खेलमरा अतिथि इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी कमल बजगाईले नगद ३ हजार।र ट्रफी प्रदान गरे । दोस्रो दिन आईतबारको खेलमा एनजे सिन्धुलीसँग वीरगञ्ज युनाईटेड फुटबल क्लबको प्रतिस्पर्धा हुनेछ ।
नगरपालिकाको प्रायोजन र नगर खेलकुद विकास समितिको आयोजनामा सुरु गोल्डकप विदेशी टिम भुटानको समत्से क्लबसहित विभिन्न राष्ट्रिय र विभागीय गरी ८ टिमको सहभागिता रहने नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईले बतएका छन् ।
अध्यक्ष राईका अनुसार फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टिम र धरानसहित भुटानको समचे क्लब, च्याम्पियन ब्वाइज काठमाडौँ, एनजे क्लब सिन्धुली, वीरगञ्ज युनाइटेड पर्सा, बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहाले प्रतिस्पर्धा गर्नेछन् ।
कटारी बजारस्थित टाईगर खेल मैदानमा सञ्चालित
प्रतियोगिताको तेस्रो दिन १२ गते समचे भुटानसँग च्याम्पिएन ब्वाईज काठमाडौले स्पर्धा गर्नेछ । पहिलो चरणको अन्तिम खेल १३ गते बागमती र सहलेशबीच प्रतिस्पर्धा हुनेछ ।
१४ र १५ गते सेमिफाईनल तथा १७ गते फाईनल खेल हुने प्रतियोगिता विजेता टिमले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई १ लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने छ । प्रतियोगिताको हरेक दिनको खेलमा म्यान अफ द म्याचलाई ३ हजार नगद पुरसकार दिइनेछ ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीले पुरस्कार पाउनेछन् । उनीहरुलाई जनही ५ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।