विज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली उत्कृष्ट

१ महिना अघि

२0८१ फाल्गुन ८ बिहीबार
विज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली उत्कृष्ट

गाईघाट, फागुन ८

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटद्वारा आयोजित ‘विज्ञान तथा कला प्रदर्शनी’मा पुञ्पाञ्जली शिशुबाटिका आवासीय मावि उत्कृष्ट ठहरिएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित २ दिने प्रदर्शनीमा अन्य २९ विद्यालयलाई पछि पार्दै पुष्पाञ्जली प्रथम हुन सफल भएको हो ।
 

बुधबार सुरु २ दिने प्रदर्शनी बिहीबार सम्पन्न भएको हो । नगरपालिकाभरी सञ्चालित ६८ मध्ये प्रदर्शनीमा ३० विद्यालयको सहभागिता रहेको थियो । कलातर्फ पुष्पाञ्जलीका २ छात्रा इसिका साह र आशा पण्डित प्रथम भए । त्रियुगा नगरपालिका १० बोक्सेस्थित सामुदायिक विद्यालय बालमन्दिर मावि दोस्रो हुँदा आयोजक त्रियुगा मावि तेस्रो भएको छ । 


विज्ञानर्फ भने आयोजक त्रियुगा प्रथम भयो । जनन्जोति मावि चुहाडे दोस्रो भएको छ भन समग्रतर्फ सँस्थागत विद्यालय सगरमाथा आवासीय माविले सान्त्वना स्थान हासिल गरेको छ । विज्ञानतर्फ अर्को नीजि विद्यालय प्याराडाईज सेकेन्डरी गाईघाट तेस्रो र जनता आधारभूत विद्यालयले सान्त्वना भएका छन् । 


प्रधानाध्यापक सुबास बिष्टका अनुसार बालबालिकाको किताबी ज्ञानसँगै लुकेर रहेको कला, प्रतिभा र सृजनसिलतालाई फल्न फुल्न दिने उदेश्यले प्रदर्शनी आयोजना गरिएको हो । यस्ता कार्यक्रमले भविष्यमा बालबालिकालाई आविस्कार र सृजनाक्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रअ बिष्टले बताए । 

 
विजयी विद्यालय तथा छात्र–छात्रालाई समापन समारोहमा नगरप्रमुख बसन्त बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोद पाण्डे, प्रअ बिष्टलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जस अनुसार प्रथम पुष्पाञ्जलीलाई १० हजार नगद र प्रमाणपत्र, दोस्रो स्थान पाएको बालमन्दिर माविलाई ७ हजार र तेस्रो त्रियुगा माविलाई ५ हजार नगद र प्रमाणपत्र दिइयो ।