‘कटारी मेयर गोल्डकप फुटबल’ पर्सीदेखि

१ महिना अघि

२0८१ फाल्गुन ८ बिहीबार
‘कटारी मेयर गोल्डकप फुटबल’ पर्सीदेखि

कटारी, फागुन ८

कटारीको ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता’ शनिबारदेखि सुरु हुने भएको छ । नगरपालिकाको प्रायोजन र नगर खेलकुद विकास समितिको आयोजनामा हुने गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ । 


नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार प्रतियोगिता फागुन १० देखि सुुरु भएर १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी फुटबल टिमसहित विभिन्न ८ वटा खेलाडी समूहको सहभागिता रहनेछ । 
प्रतियोगितामा विभिन्न राष्ट्रियस्तरका विभागीय टिमदेखि विदेशी टिमसम्मको सहभागिता हुनेछ । 


८ वटा समूहले सहभागिता जनाउने प्रतियोगितमा भुटानको समचे एफसी क्लब, सुनसरीको एनएसएफ क्लब धरान, च्याम्पियन ब्वाइज काठमाडौँ, एनजे क्लब सिन्धुली, वीरगञ्ज युनाइटेड पर्सा, बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहासँगै घरेलु टिम कटारी ११ ले प्रतिस्पर्धा गर्नेछन् । नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईका अनुसार मेयर श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम कटारी ११ र एनएसएफ क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । 


दोस्रो दिनको खेलमा एनजे सिन्धुलीसँग वीरगञ्ज युनाईटेडको प्रतिस्पर्धा हुनेछ भने १२ गते हुने तेस्रो खेल समचे भुटानसँग च्याम्पिएन ब्वाईज काठमाडौले स्पर्धा गर्नेछ । १३ गतेको खेल सर्लाहीको बागमतीले सिराहाको सहलेश फुटबल क्लबसँग पौँठेजोरी खेल्नेछ । 


१४ गते हुने पहिलो सेमिफाईनलमा धरान र आयोजकबीचको विजेता टिमले च्यापिएन काठमाडौँ र भुटानबीचको स्पर्धामा विजयी टिमले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै एनजे सिन्धुली र वीरगञ्ज युनाईटेडबी भएको दोस्रो खेल विजेतासँग अन्तिम दिनका स्पर्धीहरु बागमती र सहलेबीचको विजेता टिम भिड्ने अध्यक्ष राईले बताए । 


प्रतियोगिता विजेता टिमले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई १ लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने छ । प्रतियोगिताको हरेक दिनको खेलमा म्यान अफ द म्याचलाई ३ हजार नगद पुरसकार दिइनेछ । 


त्यसैगरी विधागत पुरस्कारतर्पm उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीले पुरस्कार पाउनेछन् । उनीहरुलाई जनही ५ हजार नगद, कप र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजक अध्यक्ष राईले बताए ।