त्रियुगा माविले विज्ञान तथा कला प्रदर्शनी गर्ने

१ महिना अघि

२0८१ माघ ३0 बुधबार
त्रियुगा माविले विज्ञान तथा कला प्रदर्शनी गर्ने

गाईघाट, माघ ३०

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयले ‘विज्ञान तथा कला प्रदर्शनी’ कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यालयले बुधबार एक सूचना जारी गर्दै आगामी फागुन ७ र ८ गते प्रदर्शनी कार्यक्रम गर्ने जानकारी गराएको हो ।  

 

विद्यालयका प्रधानाध्यापक सुभाष विष्टका अनुसार ‘७५ औँ प्रजातन्त्र दिवस ०८१’को अवसर पारेर आयोजना गर्न लागिएको २ दिने प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा त्रियुगा नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा सँस्थागत (नीजि) गरी ६८ वटा विद्यालय सहभागी हुन पाउनेछन् । प्रदर्शनीमा विद्यार्थीद्वारा निर्मित सृजनामा आधारित मुर्तिकला, बास्तुकला, चित्रकला, काष्ठकलाका सामग्री तथा विभिन्न वैज्ञानिक आविष्कारका यन्त्र उपकरणहरु प्रदर्शन गरिनेछ । 

 

त्यसरी प्रदर्शित सामग्रीहरुको मूल्याङ्कन गरी उत्कृष्ट सृजनलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसका लागि विद्यालयले निर्णायक मण्डलसमेत गठन गर्ने प्रअ विष्टले बताए । प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो स्थान पाउनेलाई ५ हजार नगद प्रदान गरिने प्रदर्शनीका सान्त्वना स्थान ल्याउनेले ३ हजार नगदसहित प्रमाणपत्र पाउने प्रअ विष्टले बताएका छन् । 

 

विद्यालयको प्राङ्गणममै आयोजना गरिने प्रदर्शनीको उ्दघाटन फागुन ७ गते विहान १०ः०० बजे गर्ने कार्यक्रम तय भईसकेको छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै कला, सँस्कृति, सृजना र आविष्कारबारे जानकारी गराउने तथा लुकेको प्रतिभा प्रष्फुटन गराई भविष्यमा अब्बल र सक्षम नागरिक बनाउने उदेश्यले विज्ञान कला प्रदर्शनी गर्न लागेको प्रअ विष्ट बताउँछन् । 

 

प्रदर्शनी कार्यक्रम संयोजक सञ्जय दत्तका अनुसार सहभागी हुन इच्छुक विद्यालयहरुले फागुन ५ गते दिउँसो ४ः०० बजेसम्म नाम दर्ता गराईसक्नु पर्ने समय सीमा तय गरिएको छ । सहभागी विद्यालयले प्रत्येक विधामा २ जना विद्यार्थी, १ जना शिक्षक वा विद्यालय प्रतिनिधि उपस्थित हुन पाउनेछन् । उनीहरुलाई खाजा, खाना र बासको व्यवस्था आयोजकले गर्नेछ भने बाँकी व्यवस्था सहभागी स्वयंले गर्नुपर्ने छ ।