२ महिना अघि
२0८१ माघ १७ बिहीबारजलजले, माघ १७
आउदो २३ गतेदेखि जलजलेमा महोत्सव जलजले, माघ १७ यही माघ २३ गतेदेखि त्रियुगा नगरपालिका ६ जलजलेमा ‘प्रथम त्रियुगा–जलजले महोत्सव’ सञ्चालन हुने भएको छ । आयोजक स्वर्णिम युवा क्लब जलजलेले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सव लगाउने बारे जानकारी गराएको हो ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खेल मैदानमा सञ्चालन गरिने १० दिन लामो महोत्सव फागुन ३ गतेसम्म चल्ने पत्रकार सम्मेलनमा जानकारी गराइइो । आयोजक क्लबका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक रमाकान्त चौधरीका अनुसार क्लवले स्थानीय उत्पादनको प्रदर्शन, विक्री वितरण र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवलाई आकर्षण दिन दिनहुँ विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्ने तय भएको चौधरीले बताएका छन् । महोत्सवमा खासगरी कृषि, शिक्षा, रोजगार र पर्यटनसम्बन्धी गतिबिधि गर्नेगरी १ सय वटा स्टलहरु राखिनेछ । स्थानीय उत्पादन, लोपोन्मुख रैथाने अन्न तथा फलफुल, खानपान, घरेलु उद्योगबाट निर्मित कपडा, कृषि हातहतियार, यन्त्र उपकरणदेखि वहुराष्ट्रिय कम्पनीका उत्पादनहरुसमेत राख्न महोत्सवमा १ सय बढी स्टलहरु राखिने क्लबले जनाएको छ ।
८० लाख हाराहारी खर्च लाग्ने महोत्सवका लागि मुख्य प्रायोजक फर मि मोटर्स र सहप्रायोजक बन्दीपुर केवुलकार बन्ने पक्का भएको छ भने अपुग स्रोत जुटाउने काममा स्थानीय युवाहरु क्लबमार्फत लागि परिरहेका छन् । महोत्सवमा सङ्कलित रकमको ४० प्रतिशत जलजले नजिककैको पोखरीमा बोटिङ (डुङ्गा) शयर गर्ने मनोरञ्जन पार्क बनाउने योजना रहेको पनि संयोजक चौधरीले बताए ।
त्रियुगा नगरपालिकाको संयोजन रहने महोत्सवमा चर्चित गायकहरु सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगरलगायत दर्जन ख्यातिप्राप्त कलकारलाई प्रस्तुतिका लागि निम्तो दिइसकिएको पात्रकार सम्मेलनमा जानकारी दिइएको छ ।