२ महिना अघि
२0८१ माघ १४ सोमबारउदयपुर, माघ १४
आउँदो सातादेखि जलजलेमा महोत्सव (मेला) लाग्ने भएको छ । सदरमुकाम गाईघाटभन्दा ७ किलोमिटर पश्चिम जलजलेस्थित जनता मावि देउरीनेर उदयपुर सिमेन्ट उद्योगको खेलमैदानमा ‘त्रियुगा जलजले महोत्सव ०८१’ आयोजना गर्न लागिएको हो ।
आगामी २३ देखि फागुन ३ गतेसम्म लाग्ने महोत्सव स्थानीय स्वर्णिम युवा क्लब जलजलेको आयोजनामा हुन गईरहेको हो । स्थानीय उत्पादनको प्रदर्शन, विक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रमसहित मनोरञ्जनात्मक क्रियाकपाल महोत्सवका आकर्षण हुने क्लबले जनाएको छ ।
महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि स्थानीय रमाकान्त चौधरीको संयोजकत्वमा मूल मेला आयोजक समिति गठन गरेर व्यापक प्रचार प्रसार र तयारीको काम भईरहेको छ । महोत्सवमा घरेलु तथा रैथाने कृषि फलफुलदेखि वहुराष्ट्रिय कम्पनीका उत्पादनसमेतको स्टलहरु राखिनेछन् ।
त्यसैगरी लोपोन्मुख तथा जातीय खाना परिकारका स्टलहरु पनि राखिनेछ अध्यक्ष चौधरीले बताए । विभिन्न कम्पनी र सङ्घ सँस्थाको प्रायोजन र सहप्रायोजन हुने महोत्सवलाई त्रियुगा नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने जनाइएको छ ।