२ महिना अघि
२0८१ माघ १२ शनिबारउदयपुर, माघ १२
नेकपा (माओबादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल प्रदेश नं. १ को अध्यक्षमा राजन राई (समीप) चयन भएका छन् । शुक्रबार र शनिबार विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनको निर्वाचन प्रकृयामार्फत राई अध्यक्ष छानिएका हुन् ।
अध्यक्षबाहेक बाँकी निर्विरोध चयन हुने पदाधिकारीमा खुल्ला उपाध्यक्ष सुजन तिमिल्सिना, महिला उपाध्यक्ष सुजता लिम्बु र समावेशी उपाध्यक्ष सेसेहाङ लाओती छन् । अधिवेशनले महासचिव गोकुल पराजुलीलगायत ५ सचिव र कोषाध्यक्ष पनि सर्वसम्मत चयन गरेको छ ।
सचिवमा खुल्लातर्फ ईस्वर थापा, जनजाति डिकेश लामा, महिला विनु तिम्सिना, मधेशी सत्यनारायण शर्मा र दलिततर्फको सचिव राकेश नेपाली चयन हुदा कोषाध्यक्षमा झुलन रेग्मी छानिएको निवर्तमा अध्यक्ष प्रभात बिनोद घिमिरेले बताएका छन् ।